उच्च रक्तचाप वा अनियन्त्रित रक्तचाप हुनु निकै गम्भीर समस्या हो । रक्तचाप नियन्त्रणमा रहेन भने ह्दयघात, पक्षघात, मिर्गौला फेल हुनुका साथै अन्य धेरै गम्भीर समस्याहरू निम्त्याउँछ ।
अक्सर उच्च रक्तचाप भएका व्यक्तिहरूले रक्तचाप नियन्त्रणमा राख्न औषधिको सहारा लिने गर्छन् । हामीमध्ये धेरैलाई थाहा छैन कि रक्तचाप नियन्त्रण गर्न स्वस्थ जीवनशैली अपनाउनु धेरै महŒवपूर्ण छ, जसमध्ये सबैभन्दा महŒवपूर्ण तपाईंको आहार हो । के खाने वा नखाने, यसले पनि रक्तचाप नियन्त्रणमा महŒवपूर्ण भूमिका खेल्छ ।
के तपाईंलाई थाहा छ ? तपाईंको खानामा सुकुमेल थप्नु रक्तचाप नियन्त्रणमा राख्न निकै फाइदाजनक साबित हुन्छ । आहारविद्का अनुसार सुकुमेल एक उत्कृष्ट मसला हो, सुकुमेलमा यस्ता धेरै गुणहरू छन्, जुन रक्तचाप नियन्त्रण गर्न धेरै उपयोगी साबित हुन सक्छ ।
उच्च रक्तचाप नियन्त्रण गर्न सुकुमेल कसरी लाभदायक हुन्छ ?
आहारविद्का अनुसार अलैंचीमा कार्बोहाइड्रेट, डाइटरी फाइबर, क्याल्शियम, पोटाशियम, म्याग्नेशियम, आइरन र फास्फोरस जस्ता खनिजहरू प्रशस्त मात्रामा पाइन्छन् । जसलाई उच्च रक्तचाप भएका व्यक्तिहरूले आहारमा समावेश गर्नु महŒवपूर्ण हुन्छ । क्याल्शियम, फास्फोरस र पोटाशियम जस्ता खनिजहरूले रक्तचाप नियन्त्रणमा राख्न ठूलो भूमिका खेल्छन् । त्यसैले लामो समयसम्म सुकुमेलको सेवन, पूरै सुकुमेल वा धूलोको रूपमा, उच्च रक्तचाप भएका मानिसहरूलाई धेरै फाइदा हुन सक्छ । इन्डियन जर्नल अफ बायोकेमिस्ट्री एन्ड बायोफिजिक्समा प्रकाशित एक अनुसन्धानले देखाएको छ कि तीन महीनासम्म एक दिनमा १.५ ग्राम सुकुमेल दिनको दुईपटक सेवन गर्दा पहिलो चरणको उच्च रक्तचापका बिरामीहरूमा रक्तचापको स्तर कम हुन्छ ।
सुकुमेल खानुका अन्य फाइदाहरू
चयापचय (मेटाबोलिज्म)को गति तेज हुन्छ आहारविद्का अनुसार सुकुमेलमा डाइटरी फाइबर हुन्छ, जसले चयापचयलाई गति दिन्छ । यसले तपाईंलाई धेरै भोक लाग्दैन । यसको सेवन धेरै लाभदायक साबित हुन सक्छ ।
प्रतिरक्षा बलियो हुन्छ
स्वस्थ रहनका लागि रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु जरुरी छ । सुकुमेलमा पाइने एन्टिअक्सिडेन्टमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुन्छ । जसले गर्दा रुघाखोकी, ज्वरो, भाइरल इन्फेक्शनको जोखिम कम गर्न सहयोगी हुन्छ ।
ह्दयरोगको जोखिम कम
सुकुमेलको सेवनले ह्दयरोगको जोखिम कम हुन्छ । सुकुमेलमा पाइने एन्टिअक्सिडेन्ट गुणले रक्तचाप नियन्त्रण गर्न र मुटुलाई स्वस्थ राख्न मदत गर्छ ।
राम्रोसँग सुत्नु
सुकुमेलको सेवनले निद्रा राम्ररी आउन मदत गर्छ । राति सुत्नुअघि तातो पानीमा दुईवटा सुकुमेल उमालेर पानी चीसो भएपछि पिउनुपर्छ । यसले राम्रो निद्रा दिन्छ र घुर्ने क्रिया पनि कम गर्छ ।
सुकुमेल कसरी उपभोग गर्ने ?
आहारविद्का अनुसार तपाईंले सुकुमेल सीधैं उपभोग गर्न सक्नुहुन्छ, यसले उत्कृष्ट ‘माउथ फ्रेसनर’को रूपमा काम गर्छ र तपाईंलाई ताजा सास दिन्छ । सुकुमेलको दाना सीधैं चपाएर खान सकिन्छ ।
तपाईं सुकुमेलको चिया उपभोग गर्न सक्नुहुन्छ वा तपाईंले तरकारी र अन्य व्यञ्जनहरूमा सुकुमेल थप्न सक्नुहुन्छ । यसका लागि तपाईंले पूरै सुकुमेल वा पाउडर प्रयोग गर्न सक्नुहुन्छ ।