मिर्गौला र कलेजो दुवैमा समस्या भएमा धेरै समस्या हुन्छ । यस्तो अवस्थामा रोगको पहिचान गर्न तपाईंले केही लक्षणहरू पहिचान गर्न आवश्यक छ, जसमा पिसाबमा जलन वा दुखाइ सामान्य हुन्छ ।
वास्तवमा यो मिर्गौला वा कलेजो बिग्रिएको प्रारम्भिक सङ्केत हुन सक्छ । मिर्गौलामा कुनै गडबड भएमा ग्त्क्ष् अर्थात् पिसाब नलीको इन्फेक्शन, मिर्गौलामा पत्थरी वा मिर्गौला सम्बन्धित कुनै पनि रोग हुन सक्छ । र यिनै कारणले अन्य धेरै ठूला समस्याहरू पनि आउन सक्छन् । मिर्गौला र कलेजोलाई स्वस्थ राख्ने घरेलु उपायहरू जान्नु आवश्यक छ ।
त्रिफला– त्रिफला यस्तो आयुर्वेदिक जडीबुटीहरूको संयोजन हो, र यसले तपाईंको तौल घटाउन र मिर्गौलाको प्राकृतिक कार्यमा सुधार गर्न मदत गर्दछ । वास्तवमा त्रिफलाको प्रयोगले मिर्गौला र कलेजोलाई बलियो बनाउँछ । यसबाहेक यसको सेवनले शरीरको उत्सर्जन कार्यहरू व्यवस्थित गर्न मदत गर्दछ ।
धनिया– धनिया मिर्गौला र कलेजोसम्बन्धी समस्यामा निकै प्रभावकारी हुन्छ । यतिमात्र होइन, धनियाले मिर्गौला र मूत्राशयको कार्यलाई नियमित गर्न मदत गर्छ ।
अदुवा– अदुवा कलेजो र मिर्गौला सफा गर्न धेरै उपयोगी छ । र यसको सेवनले कलेजो र मिर्गौला डिटक्स हुन्छ । वास्तवमा यसमा पाइने एन्टिइन्फ्लेमेटरी गुणले मिर्गौलाको दुखाइ र सुन्निने समस्यालाई कम गर्छ र युटिआई सङ्क्रमणको समस्यालाई रोक्छ ।
सन्तुलित आहार– तपाईंको दैनिक आहारामा प्रोटिन, कार्बोहाइड्रेट, बोसो, खनिज र भिटामिन सन्तुलित हुनुपर्छ । प्रत्येक खानामा प्रोटिन, विशेषगरी शाकाहारी प्रोटिनको उचित अनुपात हुनुपर्छ । यसबाहेक तपाईंले नूनलाई संयमताका साथ लिनुपर्छ । किनकि नूनले पेटमा पानीको स्तर बढाउन सक्छ र खुट्टा सुन्निन सक्छ । कलेजो र मिर्गौला रोगीलाई दैनिक दुई ग्राम मात्र नून खान दिइन्छ ।
व्यायाम– पेटमा पानी जमेको कारण फोक्सोको तल्लो भाग राम्ररी खुल्न नसक्ने भएकोले श्वासप्रश्वाससम्बन्धी व्यायाम गर्नुपर्छ । यसमा तपाईंले सजिला श्वासप्रश्वाससम्बन्धी व्यायाम पनि गर्न सक्नुहुन्छ । फोक्सोको व्यायामको लागि स्पाइरोमिटरको प्रयोग पनि गर्न सकिन्छ । यसका साथै शरीरलाई स्वस्थ राख्न केही व्यायाम गर्नु पनि आवश्यक हुन्छ ।