गर्मीमा प्रायः चीसो पेय पदार्थ अथवा चीसो पानी बढी सेवन गर्छौं । बजारमा पाइने कोक, फान्टा, स्प्राइटलगायत पेय पदार्थ चीसो हुनुका साथै स्वादिलो पनि हुन्छ । कसैकसैले दिनमा तीन–चारपटक यस्ता पेय पदार्थ सेवन गर्छन् । तर यस्ता पेय पदार्थले गर्मीमा केही राहत दिए पनि पछि स्वास्थ्यमा बेफाइदा पु¥याउँछ ।

वजन बढ्छः पेय पदार्थ बढी सेवन गर्दा वजन पनि तीव्र गतिले बढ्छ । एक गिलास चीसो पेय पदार्थमा आठदेखि दश चम्चा चिनी हुन्छ, जसमा १५० क्यालोरी हुन्छ । हरेक दिन यति क्यालोरी सेवन गर्दा वजन बढ्न थाल्छ र स्वास्थ्यसम्बन्धी समस्या हुन्छ ।

फैटी लिभरः चीसो पेय पदार्थ सेवन गर्दा फैटी लिभरको समस्या पनि हुन सक्छ । ग्लेकोज, फ्रुक्टोज–ग्लुकोस शरीरमा तुरून्तै मिसिएर मेटाबोलाइज हुन्छ । त्यस्तै अर्कोतर्फ फ्रुक्टोज
केवल कलेजोमा जम्मा हुन्छ । यो वस्तुले हाम्रो लिभरमा असर पार्छ र कलेजोसम्बन्धी रोग निम्त्याउँछ ।

दाँतमा असरः चीसो पेय पदार्थले सबैभन्दा बढी दाँतमा असर पु¥याउँछ । चीसो पेयमा फास्फोरिक एसिडसरह विभिन्न एसिड मिसाइएको हुन्छ जसले हाम्रो दाँतलाई असर पु¥याउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here