यदि तपाईलाई आन्द्रामा ग्याँसको समस्या छ भने ब्लोटिङ, पेट दुख्ने, छातीमा जलन, भारीपनजस्ता समस्या महसूस हुन थाल्छ । यस अवस्थामा शरीर पूर्णरूपले डिस्टर्ब हुन्छ ।
पहिलो कारणः खानपानले गर्दा पेट सम्बन्धी समस्या हुन थाल्छ । खाद्य पदार्थले शरीरमा ग्याँस बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्छ । यदि तपाईंलाई प्रायः ग्याँसको समस्या भइरहन्छ भने काउली, ब्रोकाउली, राजमा, बदाम, आलु, नूडल्सजस्ता खानेकुराबाट परहेज गर्नुपर्छ ।
दोस्रो कारणः खाना खाने बेला पानी पिउँदा आन्द्रामा ग्याँस बन्न सक्छ । खाना खाने समय र खाना खाएपछि तुरून्तै पानी पिउनुहुँदैन । खाना खाएको करीब आधा घण्टापछि मात्र पानी पिउनुपर्छ ।
तेस्रो कारणः कोहीकोही खाना खाएपछि तुरून्तै बस्छन् र यस कारण खाएको खानाले फाइदा पु¥याउनुको सट्टा नोक्सान पु¥याउँछ । विज्ञका अनुसार खाना खाएको केही बेरपछि करीब १० मिनेट हिंडडुल गर्नुपर्छ ।
उपायः ग्याँसको समस्याबाट छुटकारा पाउन खानेपिउने बानीमा सुधार गर्नुपर्छ । फाइबर बढी भएको खानेकुरा खानुपर्छ र राति हलुका खानेकुरा खानुपर्छ । पुदिनाको चिया पिउँदा ग्याँसको समस्याबाट छुटकारा पाउन धेसै मदत पुग्छ ।