डायबिटिक फुट अल्सर यस्तो समस्या हो, जुन लामो समयसम्म हाई ब्लड सुगर लेभलको कारण विकसित हुन्छ । साधारणतया यो अल्सर बूढी औंला र पाइतालाको तलपट्टि हुन्छ । जसले गर्दा छालाको भित्रपट्टिको कोशिका टुट्छ र त्यसको तल परत देखिन्छ । यो अल्सरले तपाईंको हाडलाई पनि प्रभावित गर्न सक्छ ।

यदि तपाईं मधुमेहका बिरामी हुनुहुन्छ र खुट्टामा कुनै घाउ अथवा चोट लागेको छ भने लापरवाही गर्नुहुँदैन तुरुन्तै विशेषज्ञसँग परामर्श गर्नुपर्छ ।

डायबिटिक फुट अल्सरको मुख्य कारण हाई ब्लड सुगर लेभल हो । चिनीको स्तर बढेपछि खुट्टामा र शरीरका अन्य भागमा ससाना घाउ निस्किन्छन् । जसको समयमा उपचार गरिएन भने गम्भीर हुन सक्छ र शल्यक्रिया पनि गर्नुपर्छ । यसका साथै जसलाई मधुमेह छ र उसको वजन बढी छ तथा भिटामिन डीको कमी छ भने उनीहरूलाई डायबिटिक फुट अल्सरको खतरा झनै बढ्छ ।

लक्षणः खुट्टा असामान्य सुन्निनु, जलन, लालिमा र दुर्गन्ध, खुट्टाबाट पानी बग्नु, छालाको रङ्ग बदलिनु, खुट्टामा सुन्नपन र सनसनाहट, हिंड्दा खुट्टा दुख्ने, घाउ हुने आदि लक्षण हुन सक्छ । कैयौंपटक यसको लक्षण देखिंदैन, केवल छालाको रङ्ग बदलिने र दुखाइ महसूस हुन्छ । यस्तो स्थितिमा पनि चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

प्रारम्भिक चरणमा चिकित्सकले औषधिबाट उपचार गर्छन् तर स्थिति गम्भीर छ भने शल्यक्रिया गर्नुपर्छ । तसर्थ आफ्नो खुट्टाको नियमित सफाइ गर्ने, खुट्टाको औंलाको नङ नियमित काट्ने, चिनी नियन्त्रित राख्ने, व्यायाम गर्ने र सन्तुलन आहार सेवन गर्नुपर्छ । खुट्टाको पाइताला सुक्खा राख्ने, शरीरमा भिटामिन डीको कमी हुन नदिने र प्रतिदिन बिहान ९ बजेसम्म घाम ताप्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here