आजभोलिको तनाव र अनियमित दिनचर्याको कारण मान्छेको सुत्ने प्रक्रियामाथि प्रभाव परेको छ । निद्रा पूरा नहुँदा थुप्रै रोगले आक्रमण गर्छ । कार्यको तनावको कारण मानिसले निद्रा पूरा गर्न सकिरहेका छैनन् ।

निद्रा पूरा नहुँदा व्यवहारमा चिडचिडापन, काममा मन लाग्ने र ध्यान दिन सकिंदैन । यदि तपाईं आठ घण्टाको निद्रा चार घण्टामा पूरा गर्न चाहनुहुन्छ भने ननस्लीप डिप रेस्ट अर्थात् एनएसडिआर उपाय अपनाउन सक्नुहुन्छ । यो उपायबाट कम समयमा पूर्णरूपले आनन्दित निद्रा पूरा हुन्छ । केही समय पहिले गूगलका सिइओ सुन्दर पिचाइले पनि आफ्नो निद्रा पूरा गर्न यो उपाय अपनाएका थिए ।

के हो एनएसडिआरः निद्राको यो प्रक्रिया मेडिटेशन नै हो । यसमा सुस्ताएर ध्यान लगाउनुपर्छ । यो उपायबाट जागेरै निद्राको लाभ प्राप्त गर्न सकिन्छ । यस समयमा दिमाग पूर्णरूपमा रिल्याक्स हुन्छ, जसरी हामी सुत्दा हुने गर्छ । यो उपायबाट तनावमुक्त गहिरो निद्रा दिन्छ । यसको लगातार प्रयास गर्दा तपाईं आठ घण्टाको निद्रालाई चार घण्टामैं पूरा गर्न सक्नुहुन्छ ।

कसरी दिमाग आनन्दित हुन्छः दिमागबाट कैयौं प्रकारका न्यूरोन तरङ्ग निस्किन्छन् र यसबाट निस्किने अल्फा तरङ्गले नै दिमागलाई खुशी रहन सङ्केत दिन्छ । योग र मेडिटेशनको माध्यमबाट यी अल्फा तरङ्गलाई सक्रिय गर्ने कोशिश गरिन्छ । यी तरङ्क सक्रिय भएपछि हरेक प्रकारका तनाव समाप्त हुन्छन् र दिमाग आनन्दित हुन्छ ।

कसरी गर्ने एनएसडिआरः ओछ्यानमा अँध्यारो वा निकै कम प्रकाशमा पिठ्यूँको बलले सुत्ने, शरीरलाई ढिला छाड्ने र हात–खुट्टालाई रिलैक्स दिने, हत्केलालाई खोलेर आकाशतर्फ गर्ने, गहिरो सास लिने र दाहिने पञ्जामाथि ध्यान लगाउने र त्यसपछि पञ्जादेखि टाउकोसम्म आउने सबै अङ्गमाथि ध्यान लगाउने, यस प्रक्रियाको क्रममा सासलाई सामान्यरूपले भित्र–बाहिर गर्नुपर्छ । दिमागलाई शान्त गर्दा चाँडै निद्रा लाग्छ ।

महाभारतकालमा पनि यसको प्रयोग भएको थियोः जानकारका अनुसार महाभारतकालमा अर्जुनले आफ्नो निद्रा पूरा गर्न यसै उपाय अपनाएका थिए । पुरानो जमानाका थुप्रै ऋषिमुनिले कैयौं दिनसम्म नसुतेर बस्थे । उनीहरूले पनि यस उपायलाई अपनाएर आफूलाई स्वस्थ राख्थे । स्टैनफोर्ड स्कूल अफ मेडिसिनका वैज्ञानिक डा एन्ड्रयू ह्युबरमैनले यस प्रविधिबारे विस्तारमा बताएका छन् । उनले आधुनिक युगमा निद्रा पूरा भएन भने यो उपाय अपनाउन सकिन्छ । एक प्रकारले यसलाई आयुर्वेदिक निद्रा पनि भनिन्छ । यद्यपि जब समय पाउँछ, राति ७–८ घण्टा निद्रा अवश्य लिनुपर्छ । यो उपाय कम समयमा निद्रा पूरा गर्ने हो । आवश्यक परेपछि यसको सहारा लिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here