गर्मीमा रातिको तापमान बढ्दा पुरुषको मृत्युको सम्भावना बढी हुने नयाँ अध्ययनले जनाएको
छ । सामान्य गर्मीभन्दा केवल १ डिग्री सेल्सियसको वृद्धिबाट मुटुसम्बन्धी रोगबाट मृत्युको खतरा लगभग चार प्रतिशतसम्म बढ्छ ।

बिएमजे ओपनमा प्रकाशित यस नयाँ रिसर्च अनुसार, राति तापमान बढ्दा मृत्युको खतरा केवल पुरुषमा मात्र देखिएको छ । यद्यपि महिलामाथि यसको कुनै प्रभाव देखिएन ।

पछिल्लो अध्ययन अनुसार गर्मी मौसमको कारण मृत्यु र मुटुको रोगीको सङ्ख्या बढेको छ । तर यस सम्बन्धमा कुनै खास आयुवर्गका मान्छेको उल्लेख गरिएको थिएन । यसैले टोरेन्टो युनिभर्सिटीको एउटा टीमले ६०–६९ आयु वर्गको मान्छेको मृत्युको मामिलाला अध्ययन गरेको थियो । यस अध्ययनको लागि शोधकर्ताले अफिस फर नेशनल स्टैटिक्सको २००१ देखि २०१५ को बीच जून–जुलाईमा मुटु रोगबाट भएको मृत्युको तथ्याङ्क जुटाइएको थियो ।

अध्ययनको लागि शोधकर्ताले इङ्गल्यान्ड र वेल्सजस्ता देशलाई चुनेका थिए, किनभने यस महीनामा युनाइटेड किङ्गडममा गर्मी बढी हुन्छ । वाशिंगटनको किङ्ग काउन्टीबाट पनि यस प्रकारको तथ्याङ्क जुटाइएको थियो जहाँको मौसम लगभग यस्तै रहन्छ ।

परिणामले भनेको छ–सन् २००१ देखि २०१५ को बीच इङ्गल्यान्ड र वेल्समा मुटुको रोगबाट कुल ३९,९१२ जनाको मृत्यु भएको थियो, जबकि किङ्ग काउन्टीमा ४८८ जना मरे । शोधकर्ताका अनुसार इङ्गल्यान्ड र वेल्सको तापमानमा १ डिग्री सेल्सियसको वृद्धिबाट ६०–६४ वर्षका पुरुषमा मुटुको रोगबाट मृत्युको जोखिमको दर ३.१ प्रतिशत रह्यो । यस वर्गमा बुजुर्ग र महिला सामेल थिएनन् ।

त्यसैगरी किङ्ग काउन्टीको तापमानमा १ डिग्री सेल्सियस वृद्धि हुँदा ६५ वा यसभन्दा कम उमेरका पुरुषमा मुटु रोगबाट मृत्युको जोखिमको दर ४.८ प्रतिशत थियो । इङ्गल्यान्ड र वेल्सजस्तो देशलाई लिएर शोधकर्ताहरूले चिन्ता जाहेर गरेका छन्, किनभने हालै यहाँ रातिको समय तापमानमा वृद्धि भएको दर्ज गरिएको थियो । शोधकर्ताको भनाइ छ यी आँकडालाई हेर्दा मध्य–अक्षांशदेखि उच्च–अक्षांश क्षेत्रमा बस्ने जनसङ्ख्याको जोखिमलाई पनि समानरूपले जाँच गर्नुपर्छ ।

मुटुको रोगमा हृदयघात वा कार्डियाक अरेस्टजस्तो घटना हुन सक्छ । विज्ञ भन्छन् राति पसिना, छातीमा जकडन वा बेचैनीजस्तो लक्षणले हृदयघातलाई सङ्केत गर्छ । एक रिपोर्ट अनुसार इङ्गल्यान्डमा हरेक वर्ष करीब ८० हजार मान्छे हृदयघातसँग सम्बन्धित मामिलाको कारण अस्पताल पुग्छन् । यसैले यस्ता लक्षणलाई कहिल्यै बेवास्ता गर्नुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here