संयुक्त राज्य अमेरिकाको दुई राज्यमा अर्बौंको सङ्ख्यामा जेनेटिकली मोडिफाइड भाले लामखुट्टे छाड्ने तयारी गरिंदैछ । फ्लोरिडा र क्यालिफोर्नियामा यी लामखुट्टे छाड्ने तयारी भइरहेको छ । देशको पर्यावरण संरक्षण एजेन्सीले लामखुट्टेसँग सम्बन्धित अक्सिटेक कम्पनीलाई पाइलट परियोजना सफल भएपछि अगाडिको प्रक्रिया गर्न स्वीकृति दिएको छ ।
युकेस्थित बायोटेक्निोलोजी कम्पनी अक्सिटेकले अर्बौ जेनेटिकली मोडिफाइड लामखुट्टे विकसित गरेको छ जसले रोग उत्पन्न गर्ने लामखुट्टेलाई मान्छेदेखि टाढा राख्न सक्छ । लामखुट्टे छाड्ने काम ब्रिटेनस्थित अक्सिटेक बायोटेक्नोलोजी कम्पनीले गर्दैछ । कम्पनीले अर्बौको सङ्ख्यामा आनुवांशिकरूपबाट परिवर्तित भाले लामखुट्टेलाई पर्यावरणमा छाड्दैछ । यो भालेले लामखुट्टे पोथी लामखुट्टेसँग सम्पर्क गर्नेछ ।
पोथी लामखुट्टलाई अन्डा पार्नको लागि रगतको आवश्यकता पर्छ र यसैकारण यिनीहरूले मान्छेलाई टोक्ने गर्छन् । कम्पनीको भनाइ छ आनुवांशिकरूपबाट परिवर्तित भाले लामखुट्टेले टोक्दैन, यसले पोथी लामखुट्टेसँग सम्पर्क गरेर एउटा प्रोटिन निकाल्छ, त्यो आनुवंशिकरूपले परिवर्तित हुन्छ । प्रोटिनले पोथी लामखुट्टेलाई उमेरभन्दा पहिले अर्थात् मान्छेलाई टोक्नुभन्दा पहिले नै मारिदिन्छ ।
अक्सिटेक अनुसार यसको उद्देश्य डेंगु, जिका, पहेंलो ज्वरो र चिकनगुनियाजस्ता हानिकारक रोगमाथि नियन्त्रण गर्नु हो । कम्पनीद्वारा जारी तथ्याङ्कमा भनिएको छ क्यालिफोर्नियामा सन् २०१३ मा पहिलोपटक यस्ता रोग फैलाउने लामखुट्टे पत्ता लागेपछि राज्यको २० भन्दा बढी काउन्टीमा लामखुट्टे फैलिएको छ र जोखिम बढेको छ ।
यसको रोकथामको लागि दुईवटा पाइलट परियोजना स्वीकृत गरिएको छ । क्यालिफोर्नियामा डेल्टा मोस्किटो र भेक्टर कन्ट्रोल डिस्ट्रिक्ट र अर्को फ्लोरिडा किज मोस्किटो कन्ट्रोल डिस्ट्रिक्टले स्वीकृति पाएको छ ।