सडकमा जाँदै गर्दा हामीले धेरैजसो ठाउँमा ठूलठूला निर्माणाधीन भवन अथवा तोडफोड भइरहेको भवनमा हरियो रङ्गको पर्दा देख्ने गरेका छौं । आखिर किन यस्ता भवनमा हरियो पर्दाले ढाकिएर राखेको हुन्छ ? भन्ने प्रश्न पनि मनमा उठ्छ ।
घर निर्माणको समयमा हरियो पर्दाले ढाक्नुको पछाडि यो तर्क दिइन्छ कि यस्तो गर्दा निर्माणस्थलमा काम गरिरहेका मजदूरको ध्यान अन्यत्र भट्किंदैन । भनिन्छ, धेरैजसोलाई अग्लो ठाउँमा काम गर्न डर लाग्छ । अग्लो भवन निर्माणमा खटेका मजदूरले जब उचाइबाट तलतिर हेर्छन्, उनीहरूलाई डर लाग्छ । यस डरबाट जोगिन हरियो रङ्गको पर्दा प्रयोग गरिन्छ । पर्दाले ढाकेको कारण मजदूरको ध्यान तलतर्फको गहिराइतर्फ जाँदैन ।
जब भवनको निर्माण शुरू हुन्छ, तब धेरै मात्रामा धूलो, माटो, सिमेन्ट आदि उड्छन् । वरपरका मान्छेहरू, त्यहाँबाट गइरहेका यात्रीहरूलाई समस्या हुन्छ । यस कारण पर्दाको प्रयोग गरी धूलो–माटो उड्नबाट रोक्ने गरिन्छ ।
अब प्रश्न उठ्छ हरियो पर्दा नै किन ? नीलो, कालो अथवा अन्य रङ्गको पर्दा किन प्रयोग गरिंदैन । यस पछाडिको ठूलो कारण हो बाँकी रङ्गको तुलनामा हरियो रङ्ग टाढाबाटै देखिन्छ । साथै राति थोरै प्रकाश परेपछि हरियो रङ्गको कपडालाई चाँडै रिफ्लेक्ट गर्छ । यसै कारण भवन कन्स्ट्रक्शनको समय त्यसलाई हरियो रङ्गले ढाक्ने गरिन्छ ।