गर्मीमा सतुवाको सेवन निकै फाइदाजनक हुन्छ । सतुवाले पेटलाई चीसो राख्न मदत गर्छ । सतुवालाई सेतो काबुली चना वा रातो चना भुटेर तयार गरिन्छ ।

सतुवाको प्रकृति निकै चीसो हुन्छ, गर्मीमा सतुवा पिउँदा लुबाट जोगिन सकिन्छ । तर सतुवाले सबैलाई फाइदा पु¥याउँदैन । यसै कारण सतुवाप्रति संवेदनशील व्यक्तिले यसको सेवन गर्दा चिकित्सकको सल्लाह लिनुपर्छ ।

सतुवा मधुमेह रोगीको लागि पनि लाभकारी हुन्छ । साथै सतुवाले वजन पनि घटाउँछ, पाचन क्रियालाई मजबूत बनाउँछ । सतुवा पिउँदा शरीरले पर्याप्त पोषण पाउँछ । यसैले सबै आयुवर्गका मान्छेले सतुवाको सेवन गर्न सक्छन् । तर केही खास व्यक्तिले सतुवाको सेवन गर्नुहुँदैन । आरोग्य डाइट एन्ड न्युट्रिशन क्लिनिक द्वारकाका डाइटिशियन डा सुगीता मुटरेजाको सुझाव यस प्रकार छन्ः

सीमित मात्रामा उपभोगः कुनै पनि खाद्य पदार्थ तबसम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ, जबसम्म त्यसको सीमित मात्रामा सेवन गरिन्छ । यही कुरा सतुवामा पनि लागू हुन्छ । कम मात्रामा सतुवा खाँदा शरीरमा थुप्रै लाभ हुन्छ । यसको विपरीत बढी सतुवा खाएपछि थुप्रै रोगका कारण पनि बन्न सक्छ ।

पेटमा ग्याँस भएपछिः सतुवामा फाइबर बढी हुन्छ । एक कप सतुवामा करीब १० ग्राम फाइबर हुन्छ । यसले पाचनलाई राम्रो बनाउँछ तर बढी मात्रामा सतुवा पिउँदा पेटमा ग्याँस बन्न सक्छ र पाचनतन्त्रमाथि पनि असर पार्छ । यसैले पेटमा ग्याँस भएका व्यक्तिले सतुवा खानुहुँदैन अथवा निकै कम मात्रामा सतुवा पिउनुपर्छ ।

पथरी भएपछिः पथरीमा सतुवाको सेवन नोक्सानदायक हुन सक्छ । जसलाई पथरीको समस्या पहिलेदेखि नै छ उनीहरूले सतुवाको सेवन गर्नुहुँदैन । पथरीबाट पीडित व्यक्तिले चनाको सतुवा सेवन गर्नुहुँदैन ।

चना पचाउन गा¥हो हुँदाः धेरैलाई कुनै खास खाद्यान्नसँग एलर्जी हुन्छ, यदि तपाईंलाई पनि चनासँग एलर्जी छ भने सतुवा सेवन गर्नुहुँदैन । जसलाई चना पचाउन गा¥हो हुन्छ, उसले कहिल्यै सतुवा पिउनुहुँदैन ।

वात दोष भएपछिः सतुवाको प्रकृति निकै चीसो हुन्छ, यसको सेवनबाट शरीरमा वायु बढ्न सक्छ । यसबाट वात प्रकृतिका व्यक्तिमा वात दोष उत्पन्न हुन सक्छ । यसैले जसलाई वात दोष छ, उनीहरूले सतुवा पिउनुहुँदैन ।

चीसो वस्तुः जसलाई हाडमा दुखाइ हुन्छ वा वातसम्बन्धी समस्या रहन्छ, उसले प्रायः चीसो वस्तुसँग परहेज गर्नुपर्छ । यदि चिकित्सकले चीसो वस्तु खान भनेको छैन भने सतुवाको सेवन गर्नुहुँदैन । सतुवा चीसो हुन्छ र यसले शरीरमा चीसो पैmलाउँछ ।

सतुवा खाने सही समयः सतुवा पोषक तŒवले भरिपूर्ण हुन्छ । सतुवाको सेवन गर्दा थुप्रै रोग टाढा हुन्छन् । सतुवा आपैंmमा सम्पूर्ण आहारा हो । सतुवाको सेवन दिनमा कुनै पनि बेला गर्न सकिन्छ । सतुवालाई बिहान, खाना खाने समयमा पनि सेवन गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here