हामी इमलीलाई औषधिको रूपमा पनि चिन्छौं किनभने यसले शरीरमा हुने धेरै समस्या हटाउँछ । पुरूषका लागि इमलीको प्रयोग लाभदायक मानिन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन, कम शुक्रकीटको समस्यालाई हटाउन इमलीको सेवन लाभदायक मानिन्छ ।
इमलीमा धेरै यस्ता पोषक तŒव पाइन्छन्, जसले स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । यस विषयमा भारत, उत्तर प्रदेशको राजधानी लखनउको विकास नगरमा अवस्थित प्राञ्जल आयुर्वेदिक क्लिनिकका डा मनीष सिंह यसो बताउँछन् ।
१. इमलीले शुक्राणुको सङ्ख्या बढाउन मदत गर्दछ
पुरूषले इमलीको धूलो सेवन गर्नुपर्छ । यसले कम शुक्राणुको समस्या हटाउन सकिन्छ । यो आयुर्वेदिक उपचार हो । इमलीको पाउडर बनाउन इमलीको बीउलाई रातभर पानीमा भिजाउनुपर्छ । बिहान बीउ पानीले फुलिसकेको हुन्छ । बीउको बोक्रा हातले पिसेर निकाल्ने । त्यसपछि बीउलाई घाममा सुकाएर पिसेर धूलो बनाउने । अब यो पाउडर बिहान र बेलुका लिन सकिन्छ । यस पाउडरलाई मनतातो पानी वा दूधसँग पनि लिन सकिन्छ ।
२. इमलीले पुरूषमा बाँझोपन रोक्छ
इमलीमा भिटामिन सी पाइन्छ र भिटामिन सीको सहयोगले बाँझोपनबाट बच्न सकिन्छ । बाँझोपनको समस्या महिलामा मात्रै हुन्छ भन्ने होइन, यो समस्या पुरूषमा पनि हुन्छ, जुन समयमैं उपचार गरे निको हुन्छ । यसको समाधान भनेको इमलीको सेवन गर्नु हो । पुरूषको शरीरमा रेडिकलको मात्रा कम भएमा बाँझोपनको समस्या आउन सक्छ । इमली र भिटामिन ‘सी’युक्त खानेकुराको सेवनले फ्री रेडिकलको मात्रा बढाउँछ र बाँझोपनबाट बच्न सकिन्छ ।
३. शुक्राणुको गुणस्तर सुधार गर्दछ
इमलीको सेवनले शुक्रकीटको गुणस्तर राम्रो हुन्छ । यदि तपाईं बच्चाको योजना बनाउँदै हुनुहुन्छ भने शुक्रकीटको गुणस्तर राम्रो हुनुपर्छ । यसका लागि इमलीको सेवन गर्नुपर्छ । इमलीलाई रातभर भिजाएर बिहान त्यसको पानी छानेर पिउनुहोस् ।
४. इमलीले कलेजोमा जमेको बोसो हटाउन मदत गर्छ
धेरै पुरूषले मदिरासेवन गर्छन्, जसका कारण कलेजो फ्याटी हुन्छ, तर इमली खाँदा फ्याटी लिभरको समस्या हुँदैन । यसको मतलब मदिरासेवन गर्न सकिन्छ भन्ने होइन, यो शरीरका लागि कुनै पनि हिसाबले हानिकारक छ । इमलीमा एन्टिब्याक्टेरियल गुण हुन्छ, यदि तपाईंलाई कुनै प्रकारको छालाको सङ्क्रमण वा घाँटी सुन्निने समस्या छ भने तपाईंले मनतातो पानीमा इमलीको धूलो मिसाएर पिउन सक्नुहुन्छ ।
५. इमलीले लिबिडो हार्मोन बढाउँछ
लिबिडो हर्मोनको मात्रा बढाउन पनि इमलीको सेवन लाभदायक मानिन्छ । तपाईं आफ्नो आहारमा इमलीलाई धेरै तरीकाले समावेश गर्न सक्नुहुन्छ जस्तै इमलीको पानी पिउनु वा तरकारीमा इमली खानु वा इमलीको धूलो खानु, दूधमा इमली मिसाएर पनि खान सक्नुहुन्छ ।
६. इमली प्राकृतिक दुखाइ निवारक पनि हो
इमलीमा एन्टी इन्फ्लेमेटरी गुण हुने भएकोले यसको सेवनले दुखाइबाट राहत मिल्छ । पुरूषमा आर्थराइटिसको समस्या बढ्दो छ, जसको उपचारका लागि इमलीको सेवन गर्न सकिन्छ । इमलीमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । इमलीको बीउको धूलो एक गिलास पानीसँग दिनको दुईपटक लिन सकिन्छ । इमलीको सेवनबाट मधुमेहबाट बच्न सकिन्छ । यसले शरीरमा इन्सुलिनको प्रतिरोधी क्षमतालाई बढाउँछ । हप्ताको तीन दिन इमलीको सीमित मात्रा सेवन गर्न सकिन्छ ।