आजको समयमा धेरैले ह्वाट्सएप प्रयोग गर्छन् । यस लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ एपमा धेरै सुविधा उपलब्ध छन् । तिनीहरूको मदतबाट च्याट गर्नुका साथै प्रयोगकर्ताहरूले आफ्ना साथीहरूसँग भ्वाइस र भिडियो कलहरू पनि गर्न सक्छन् । यतिमात्र होइन, ह्वाट्सएपबाट मानिसहरूले फोटो र कागजातहरू पनि पठाउन सक्छन् ।
यद्यपि जब तपाईं ह्वाट्सएपबाट फोटोहरू पठाउनुहुन्छ, तिनीहरूको गुणस्तर बिग्रन्छ । यसका कारण धेरै मानिस ह्वाट्सएपमार्फत फोटो पठाउन चाहँदैनन् । यद्यपि यस समस्याको समाधान
छ । ह्वाट्सएपको सेटिङमा सामान्य परिवर्तन गरेर प्रयोगकर्ताहरूले राम्रो गुणस्तरका फोटोहरू शेयर गर्न सक्छन् । यसबाहेक अर्को तरीका प्रयोग गरेर तपाईंले ह्वाट्सएपबाट राम्रो गुणस्तरका फोटोहरू शेयर गर्न सक्नुहुन्छ । ह्वाट्सएपबाट राम्रो गुणस्तरको फोटो कसरी पठाउने ?
ह्वाट्सएपमार्फत उच्च गुणस्तरका फोटोहरू शेयर गर्ने दुईवटा तरीका छन् । दुवै तरीका यहाँ वर्णन गरिएको छ । तपाईं सेटिङमा गएर र तल उल्लेख गरिएका चरणहरू पालना गरेर राम्रो गुणस्तरका फोटोहरू शेयर गर्न सक्नुहुनेछ ।
पहिलो तरीका सेटिङमा परिवर्तन गर्ने हो । यसको लागि पहिले आफ्नो डिभाइसमा ह्वाट्सएप खोल्नुहोस् । त्यसपछि होम पेजको माथिल्लो दायाँ छेउमा रहेको तीन डट आइकनमा क्लिक गर्नुहोस् ।
त्यसपछि सेटिङमा गएर Storage and Data मा क्लिक गर्नुहोस् । यहाँ तपाईंले तल Photo Upload Quality देख्नुहुनेछ । यसमा क्लिक गर्नुहोस् ।
त्यसपछि स्क्रिनमा आउने तीनवटा विकल्प ब्गतय, Auto, Best Quality र Data Saver बाट Best Quality छान्नुहोस् ।
डकुमेन्टको रूपमा फोटो साझा गर्नुहोस्
ह्वाट्सएपबाट राम्रो गुणस्तरको फोटो पठाउनको लागि सबैभन्दा सजिलो र उत्तम तरीका पनि छ । यसको लागि ह्वाट्सएप खोल्नुहोस् र त्यसमा कुनै पनि च्याट खोल्नुहोस् । अब मैसेज बारको तल दिइएको पेपर क्लिप आइकनमा क्लिक गर्नुहोस् ।
यहाँ तपाईंले डकुमेन्टमा क्लिक गर्नुपर्नेछ । अब तपाईंले पठाउन चाहनुभएको फोटो चयन गर्नुहोस् र यसलाई डकुमेन्टको रूपमा पठाउनुहोस् ।
यो तरीका एन्ड्रोइड र आइओएस दुवैको लागि हो । यसबाट तपाईंले ह्वाट्सएपमा हाई रेजुलेशनको फोटो शेयर गर्न सक्नुहुनेछ ।