अधिकांश व्यक्तिलाई बिहान उठ्ने बित्तिकै भोक लाग्छ वा चियाको तलतल लाग्ने गर्छ । कसै–कसैले बिहान उठ्ने बित्तिकै हल्काफुल्का खानेकुरा खान्छन् । धेरैबेरसम्म भोको रहँदा कसैकसैलाई एसिडिटी, पेट दुखाइ, बान्ता, न्यून रक्तचापको समस्या भएपछि केही खाएर भोक मेटाउँछन् । तर पछि समस्या भोग्नुपर्छ । बिहान खाली पेट विचार गरेर खानुपर्छ ।

खाली पेट अल्कोहल पिउनुहुँदैनः खाली पेट कहिल्यै रक्सीसेवन गर्नुहुँदैन । यसले पेटलाई हानि पु¥याउँछ । एकपटक अल्कोहल ब्लड स्ट्रिममा पुगेपछि यो तीव्र गतिमा शरीरमा पैmलिन्छ । यसबाट ब्लग वेसल्स पैmलिन्छ । जानकारका अनुसार मान्छेले जति अल्कोहल पिउँछ, त्यसको २० प्रतिशत भाग एक मिनेटमैं दिमागमा पुग्छ । यदि पेट भरिएको छ भने अल्कोहललाई ब्लड स्ट्रिममा पस्नबाट रोक्छ ।

खाली पेट किनमेल गर्नुहुँदैनः खाली पेट किनमेल गर्दा हामी आवश्यकताभन्दा बढी सामान किन्छौं । साथै किनमेल गर्ने क्रममा हामी हाई क्यालोरी भएको खाद्यान्न पनि किन्छौं । यसैले खाली पेट किनमेल गर्नु स्वास्थ्यको लागि मात्र होइन आफ्नो गोजीको लागि पनि हानिकारक हुन्छ ।

खाली पेट रिसाउनुहुन्नः खाली पेट भएको बेलामा रिसाउँदा नोक्सान हुन्छ । किनभने भोकमा ब्लड सुगरको स्तर खस्किन्छ । तसर्थ रिस उठ्छ भने केही खाजा खानुपर्छ । खाली पेटले रिसलाई बढावा दिन्छ, यसैले सधैं झोलामा केही हल्काफुल्का खानेकुरा राख्नुपर्छ ।

च्युङ्गमः खाली पेट च्युङ्गम चपाउन गा¥हो हुन्छ । किनभने चपाउनु एउटा प्राकृतिक प्रक्रिया हो जस्तै मनुष्यले चपाउन शुरू गर्छ, हाम्रो पेटमा डाइजेस्टिभ एसिड बन्न थाल्छ । यो डाइजेस्टिभ एसिडले खाली पेटमा एसिडिटीदेखि अल्सरसम्मलाई निम्त्याउन सक्छ । तसर्थ केही खाएर मात्र च्युङ्गम चपाउनुपर्छ ।

चिया कफी पिउनुहुन्नः धेरैजसोले खाली पेट चिया वा कफी पिउने गर्छन् । यसले गर्दा पेटमा एसिडिटी बढ्छ । कफीमा रहेको कम्पाउन्डले पेटमा हाइड्रोक्लोरिक एसिडलाई बढाउँछ । बिहान शरीरलाई पानीको आवश्यकता पर्छ । त्यति बेला हामीले चिया पिउँदा निर्जलीकरण, ग्याँस, एसिडिटीको समस्या बढ्छ ।

विज्ञका अनुसार बिहान खाली पेट चिया पिउँदा यसबाट कलेजोबाट निस्किने बाइल जुसले पाचन क्रियामा मदत गर्न सक्दैन, जसले गर्दा बान्ता, चक्कर, छातीमा जलन र पेट दुख्ने समस्या उत्पन्न हुन्छ । त्यसैगरी, हाम्रो मुखमा रातभरि जुन ब्याक्टेरिया जन्मिन्छ, त्यो चियाको माध्यमबाट शरीरमा पुग्छ, जसले गर्दा हाम्रो मेटाबोलिज्म निकै प्रभावित हुन्छ । साथै शरीरमा अन्य समस्या पनि उत्पन्न हुन्छन् ।

जानकारका अनुसार खाली पेट चिया सेवन गर्दा हाम्रो पेटको भित्री सतहमा नोक्सान पुग्छ । हाम्रो पेटको भित्री सतहमा समस्या आएमा अल्सर हुन सक्छ । त्यसैगरी, बिहान खाली पेट चियासेवन गर्ने बानीले पछि गएर हाड कमजोर हुन्छ । पहिले शरीरको जोर्नीमा दुखाइ शुरू हुन्छ र त्यसपछि यो दुखाइले हाम्रो हाडलाई कमजोर गर्छ ।

हाम्रो शरीरले रातिको समय पानी पाउँदैन किनभने त्यति बेला हामी सुतिरहेका हुन्छौं । यस अवस्थामा हाम्रो शरीर निर्जलीकरण हुन्छ । शरीर निर्जलीकरणको समयमा हामीले कैफिन सेवन गर्दा निर्जलीकरणको समस्या झनै बढ्छ । बिहान खाली पेट चिया पिउँदा शरीरको अल्कालाइन ब्यालेन्समा समस्या हुन्छ । जसले गर्दा शरीरको मेटाबोलिज्मसँग सम्बन्धित रोगहरू उत्पन्न हुन्छन् ।

खाली पेट चियासेवन गर्दा दाँतमाथि पनि असर पर्छ । दाँतको इनामेल बिग्रिन्छ र गिजा दुख्ने, सुन्निने समस्या पनि हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here