होली रङ्गको मात्र होइन, खानपानको पनि पर्व बन्न पुगेको छ । होलीमा भाड्ढो मजा उठाउनेहरू पनि धेरै हुन्छन् । पहिलोपटक भाङ चाख्नेहरूले अन्य नशा सेवन गर्नुहुँदैन । यस दिन भाङ सेवन गर्न पनि घरपरिवारले छुट दिन्छन् ।
बढी खानुहुन्नः भाङ सेवन गरेपछि धेरैजनालाई बढी भोक लाग्छ । तसर्थ भोकमाथि नियन्त्रण गर्नुपर्छ । बढी भोजन गर्दा अपच, बान्ता, पेट बिग्रिनेजस्ता समस्या हुन सक्छ ।
औषधिसेवनः भाड्ढो नशा चढेपछि मान्छेलाई होश रहँदैन र धेरैजनाले भाड्ढो नशा उतार्न अथवा टाउको भारी भएको खण्डमा औषधिसेवन गर्छन् । यसो गर्दा स्वास्थ्यको लागि नोक्सानदायक साबित हुन सक्छ ।
रक्सीसेवनः स्वास्थ्यको लाग रक्सीसेवन राम्रो होइन । यदि भाङ खानुभएको छ भने रक्सी पिउँदा यसले नशालाई दोब्बर गर्नुका साथै शरीरमा हानि पनि पु¥याउँछ । भाङ खाएपछि रक्सी खाँदा चक्कर लाग्ने, बान्ता हुनेजस्ता समस्या हुन्छ ।
बढी नघुम्नेः भाङ खाएपछि धेरैजना घुम्न रुचाउँछन् । भाड्ढो नशाले चक्कर लगाउँछ, तसर्थ जथाभावी घुमफिर गर्दा चोटपटक लाग्न सक्छ ।