धेरैजनाको मुख गन्हाउने समस्या हुन्छ । मुख गन्हाउनु कुनै रोगको पनि सङ्केत हुन सक्छ । होलीमा जथाभावी खानेकुरा तथा नशालु पदार्थ खादा पनि मुख गन्हाउन थाल्छ । तसर्थ घरेलु उपाय अपनाएर मुख गन्हाउने समस्या समाधान गर्न सकिन्छ ।
दिनमा कम्तीमा दुईपटक ब्रस गर्नुपर्छ । यसको अलावा ब्रस दुई–तीन मिनेटसम्म गर्नुपर्छ । राति सुत्ने बेलामा पनि ब्रस गर्न बिर्सिनुहुन्न ।
ब्रस गर्ने समयमा दाँतको साथसाथै जिब्रोको पनि राम्ररी सफाइ गर्नुपर्छ ।
माउथ वाशबाट पनि मुखमा रहेको जम्र्स र ब्याक्टेरिया समाप्त हुन्छ । यसै कारण कम्तीमा ३० सेकेन्डसम्म माउथवासले कुल्ला गर्नुपर्छ ।
दाँतको बीच भागको सफाइ गर्न फ्लसिङ गर्नुपर्छ ।
घरेलु उपायः एक कप पानीमा १ चम्चा दालचिनीको धूलो राखेर उमाल्ने र त्यसपछि यसलाई मनतातो गरेर कुल्ला गर्ने ।
मुखको दुर्गध हटाउन सबैभन्दा राम्रो तरीका सौफ र सुकुमेल हो । यी दुवैले माउथ फ्रेशनरसरह काम गर्छ । साथै मुखमा राखेर चपाउन पनि सकिन्छ । त्यसैगरी सौफ र सुकुमेललाई पानीमा उमालेर कुल्ला गर्दा मुखको साथै पेट पनि सफा हुन्छ । ल्वाड्ढो टुक्रा केही बेर दाँतमा राख्ने अथवा यसको चिया बनाएर पिउँदा पनि मुखको दुर्गन्धबाट छुटकारा पाइन्छ । कागती मुखमा राख्दा ब्याक्टेरिया नष्ट हुन्छ । साथै एक कप पानीमा एक चम्चा कागतीको रस मिसाएर कुला गर्दा मुखको दुर्गन्ध समाप्त हुन्छ ।