जापानको तल एउटा पहाडजस्तो ढुङ्गा भेटिएको छ । यो ढुङ्गाले दक्षिणी जापानलाई भूकम्पको लहरबाट जोगाउँछ । अर्थात् भूकम्पको दुष्प्रभावलाई जापानसम्म पुग्न रोक्छ । यस पहाडको नाम कुमानो प्लुटोन हो ।
जापानको प्रायद्वीपको तलतिर रहेको यस पहाडको उचाइ करीब ५ किलोमिटर छ । कुमानो प्लुटोन महाद्वीपीय युरेशियन प्लेटको माथिल्लो लेयरमा छ । यहींबाट हुँँदै फिलिपिन प्लेट धर्तीको मेन्टलतर्फ झुन्डिएको छ । जसलाई सबडक्शन भनिन्छ । नयाँ अध्ययन अनुसार कुमानो प्लुटोनले फिलिपिन प्लेटको हलचललाई दबाउँछ जसले गर्दा भूकम्पको असर जापानको माथिल्लो भागमा पर्दैन ।
जापानमा सन् १९४० मा दुईवटा ठूलो भूकम्प आएको थियो, जसको केन्द्र कुमानो प्लुटोनको ठीक तल थियो । दुवै भूकम्पबाट निस्किएको लहर दुई अलग–अलग दिशामा पुगेका थिए तर यसको बावजूद यो पहाड टुक्रिएन, न आफ्नो ठाउँबाट स¥यो, जहाँको त्यही रह्यो । न्युजिल्यान्डको जिएनएस साइन्समा मरिन जियोफिजिसिस्ट यस अध्ययनका सहलेखक डैन बैसेटले भने–हामीलाई अनुमान थिएन कि कुमानो प्लुटोनलाई किन कुनै भूकम्पले हल्लाउन सकेन । वा यस क्षेत्रमा आएपछि भूकम्पको मजबूती नष्ट हुन्छ । यसले जापानमा भूकम्पबाट पर्ने चिरालाई रोक्छ, यसलाई न्युक्लिएशन प्वाइन्ट भनिन्छ ।
कुमानो प्लुटोन एउटा न्युक्लिएशन प्वाइन्टमा मौजूद छ भने यसले समुद्री पानी मेन्टलमा जाने प्रक्रियालाई पनि नियन्त्रित गर्छ । फिलिपिन ओशिएनिक प्लेटले कुमानो प्लुटोनको तल निकै धारिलो गहिराइ निर्माण गर्छ । तर त्यो यस पहाडको भारले थिचिएको छ । यसैले सबडक्शन जोनमा बढी चिरा पर्छ, तर यसलाई मास्तिर आउन दिंदैन । यद्यपि मैन्टलमा बढी समुद्री पानी पुगेपछि ज्वालामुखी विस्फोट बढ्छ । फिलिपिन प्लेट युरेशियन प्लेटको तल हरेक वर्ष १.७८ इन्चको दरले सरिरहेको छ । यसैलाई सबडक्शन भनिन्छ । यसैको कारण भूकम्प आउँछ, ज्वालामुखी विस्फोट हुन्छ । वैज्ञानिक सिसमिक मोनिटर्स यानि भूकम्पीय लहरलाई बुझेर पानीको तल र सबडक्शन जोनको तल मौजूद आकृतिको आकार र त्यसको व्यवहार बुझ्ने प्रयास गरिरहेका छन् ।
जापानी तटहरूमा दुनियाँभरिका वैज्ञानिकहरूले अध्ययन गर्छन् । यहाँ सबैभन्दा बढी निगरानी राखिन्छ । जापानी एजेन्सी फर मरिन–अर्थ साइन्स एन्ड टेक्नोलोजीले ननकाई ट्रो क्षेत्रमा थुप्रै समुद्री मनिटर्स राखेका छन् । यहाँ निकै बढी मात्रामा बोरहोल सिस्मोमिटर्स लगाइएको छ जसले भूकम्पको हलुका लहर पनि तुरून्त पत्ता लगाउन सक्छ ।
डैन बैसेट भन्दछन्– हामीले कुमानो प्लुटोनको फोटो लिएका छैनौं, न त्यस स्थानको खोज नै गरेका छौं । हामीले केवल यसको कारणबाट हुने फाइदा, परिवर्तनको अधययन गरेका छौं । कुमानो प्लुटोनबारे दुनियाँका वैज्ञानिकलाई सन् २००६ पछि जानकारी भयो । तर अहिलेसम्म यसको आकारको सही तस्वीर कसैसँग छैन । केवल हामीसँग यस विशालकाय ढुङ्गाको सटीक तस्वीरको थ्रीडी नक्शा छ ।
डैनले भने साधारणतया सबडक्शन जोनको अध्ययनको दौरान वैज्ञानिकहरू प्लेट्सको आकारको अध्ययन गर्छन् । तर यस कुराको अध्ययन गर्दैनन् कि त्यो प्लेट वा सबडक्शन जोन कुन चीजको तल वा माथि टिकेको छ । सन् १९४४ मा ८.१ रेक्टर तीव्रताको भूकम्प कुमानो प्लुटोनको किनारमा आएको थियो जसले गर्दा उत्तर–पूर्व जापानको भागमा कम्पन भएको थियो । दुई वर्षपछि ८.६ रेक्टर तीव्रताको भूकम्प आएको थियो । यो पहिले आएको भूकम्प नजीकै आएको थियो तर यो दक्षिण–पश्चिमतर्फ गएको थियो ।
डैनले भने दुवै भूकम्प कुमानो प्लुटोनबाट दुई अलग–अलग दिशामा यात्रा गरे । जबकि भूकम्पको असर चारै दिशामा बराबर हुन्छ । यो भन्न सजिलो छैन कि कुनै भूकम्प कुनै एक दिशामा नै अगाडि बढ्छ । तर कुमानो प्लुटोनले जापानको लागि एउटा रक्षकको जस्तो काम गर्छ । यसले भूकम्पलाई रोक्छ । त्यसैकारण जापानको जमीन कम हल्लिन्छ । यो अध्ययन हालै नेचर जियोसाइन्स जर्नलमा प्रकाशित भएको छ ।