भिटामिन्स, क्याल्सियम, आयरन, प्रोटिन हामीले आफ्नो आहारमा सामेल गर्छौ तर एउटा महŒवपूर्ण पोषक तŒव जिंकलाई बिर्सन्छौं । मिनरलमा जिंक शरीरको लागि निकै आवश्यक तŒव हो ।

यो शरीरमा बन्दैन यसैले यसको पूर्ति जिंकयुक्त खाद्य पदार्थबाट गर्नुपर्छ । शरीरमा जिंकको कमी भएपछि स्वास्थ्यसम्बन्धी धेरै समस्या हुन्छ ।

डब्लुएचओ अनुसार विश्वभर जिंकको कमीबाट लगभग २ बिलियन मान्छे ग्रसित छन् ।

जिंक थुप्रै प्रकारको सङ्क्रमणसँग लड्छ । शरीरमा नयाँ स्वस्थ कोशिकाको निर्माण गर्छ । यसले घाउ निको गर्नुको साथै इन्सुलिन स्तरलाई पनि रेगुलेट गर्छ । मोटोपन कम गर्छ, मांसपेशीलाई मजबूती दिन्छ, रोग प्रतिरोधक क्षमता मजबूत बनाउँछ । स्मरण शक्ति सुधार्छ, ध्यान लगाउन मदत गर्छ । लिबिडो बुस्ट गर्छ र थुप्रै प्रकारको ट्युमर र क्यान्सर हुने सम्भावना पनि कम गर्छ । आँखाको ज्योति बढाउँछ ।

जिंकको कमीको लक्षणः लेदीभ्याली न्यूजमा प्रकाशित रिपोर्ट अनुसार जिंकले शरीरमा कोशिका निर्माण गर्न मदत गर्छ । इम्युन सिस्टमलाई सही तरीकाले कार्य गर्न ठूलो योगदान पु¥याउँछ ।

यसले शारीरिक विकास, सेक्सुअल डेभलपमेन्ट, रिप्रोडक्टिभ प्रोसेसमा पनि महŒवपूर्ण भूमिका निर्वाह गर्छ । शरीरमा जिंकको कमी भएपछि निम्न लक्षण देखिन्छ ।

अचानक वजन कम हुनु, चोट–घाउ चाँडै निको नहुनु, सतर्कतामा कमी, गन्ध र स्वादमा कमी, डायरिया, एनोरेक्सिया, छालामा घाउ हुनु, भोक नलाग्नु, कपाल झर्नु ।

जुन व्यक्तिको गैस्ट्रोइन्टेस्टाइनल सर्जरी भएको छ उनीहरूलाई पाचनसम्बन्धी विकार हुन्छ, यस्तोमा जिंक अवशोषित गर्न समस्या हुन सक्छ । गैस्ट्रोइन्टेस्टाइनल टै«क्ट र रेनल सिस्टमको माध्यमबाट जिंकको नोक्सान हुन्छ । केही तरकारीमा बढी मात्रामा जिंक हुन्छ तर यसलाई शरीरले सजिलै सोस्न सक्दैन ।

यदि शरीरमा जिंकको कमी महसूस हुन्छ भने ओयस्टर, आलसको बीउ, तिल, दलिया, टोफू, फर्सीको बीउ, बदाम, कोको पाउडर, अन्डाको पहेंलो भाग, राजमा आदि सेवन गर्नुपर्छ । यी खाद्य पदार्थमा जिंकको मात्रा भरपूर हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here