युद्धको बीच युक्रेनको लविवी रेलवे स्टेशनमा एकजना महिला पियानो बजाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यो दृश्यले चलचित्र टाइटानिकको स्मरण गराएको छ । साथै यस भिडियोले रोमन पोलान्स्कीको चर्चित फिल्म द पियानिस्टको पनि झलक दिइरहेको
छ ।

रूसी सेनाले गरेको भारी बमबारीका कारण थुप्रै युक्रेनी परिवारका सदस्य छुट्टिएका छन् । ठूलो सङ्ख्यामा युक्रेनी महिला, बच्चा र बुजुर्ग सुरक्षित रहन छिमेकी देशमा शरण लिंदैछन् । युद्धको कारण नष्ट भइसकेको युक्रेनको भयावह तस्वीर हेरेर संसार नै चकित छ ।

यसैबीच सामाजिक सञ्जालमा युक्रेनको लिविवी रेलवे स्टेशनमा एकजना महिलाले पियानो बजाइरहेको सुखद दृश्य हेर्न सकिन्छ । ट्वीटरमा साझा गरिएको भिडियोमा महिला लुई आर्मस्ट्रङ पियानो धुनमा व्हाट अ वन्डरफूल वल्र्ड बजाइरहेको देखिन्छ ।

भिडियोको ब्याकग्राउन्डमा युद्धबाट चिन्तित र त्रसित व्यक्तिहरूको चहलकदमीले भिडियो झनै इमोशनल देखिन्छ ।

ट्वीटरमा शनिवार साझा गरिएको यस ४१ सेकेन्डको भिडियोलाई हालसम्म २.५ मिलियन मान्छेले हेरिसकेका छन् ।

युद्धको विभिषिकाबीच पियानो बजाइरहेको यो दृश्यले धेरैजनालाई टाइटानिक र द पियानिस्ट चलचित्रको स्मरण गराएको छ । 

ओस्कार विजेता रोमन पोलान्स्कीको चर्चित चलचित्र द पियानिस्टमा पनि यस्तै दृश्य देख्न सकिन्छ जसमा द्वितीय विश्वयुद्धका कारण पीडित व्यक्तिको दुःखलाई चलचित्रमा देखाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here