प्रायः मान्छेले घ्यू खान रुचाउँदैनन् । उनीहरूलाई घ्यू सेवनबाट वजन बढ्ने र मोटो हुने डर हुन्छ । तर कुनै पनि वस्तु सीमित मात्रामा खाएपछि त्यो शरीरमा लाग्छ । बिहान खाली पेटमा घ्यू सेवन गर्न सकिने न्युट्रिशनिष्ट अवन्ति देशपाण्डेले सामाजिक सञ्जाल इन्स्टाग्राममा बताएकी छन् । उनका अनुसार बिहान खाली पेटमा घ्यू सेवन गर्दा थुप्रै फाइदा हुन्छ ।

देशपाण्डेका अनुसार घ्यू मक्खनको एउटा स्पष्ट रूप हुन्छ । आयुर्वेद अनुसार यसले सानो आन्द्राको अवशोषण क्षमतालाई सुधार्छ र हाम्रFे गैस्ट्रोइन्टेस्टाइनल टै«क्टको अम्लीय पिएच वा एसिडिक पिएचलाई कम गर्छ । यस्तोमा घ्यूको सेवन पेटको लागि स्वस्थ हुन्छ ।

जब तपाईं खाली पेट एक चम्चा घ्यू खानुहुन्छ भने खानपानसँग सम्बन्धित नराम्रो बानीमा सुधार हुन्छ । निद्रा नलाग्ने, अस्वस्थकर खानेकुरा खाने, दिनभरि बसिरहने, शारीरिकरूपमा कम सक्रिय, एन्टिबायोटिक्सको बढी प्रयोग जस्तो कारणले पेटको स्वास्थ्य खराब हुन्छ । पेटको उपचार गराउन प्राकृतिक तरीका अथवा स्वस्थ खानपान अपनाउनुपर्छ । यस्तोमा खाली पेट घ्यूको सेवन गर्दा निकै फाइदा हुन्छ ।

घ्यू खानाले पाचन प्रक्रिया सफा हुन्छ । स्वस्थ, जवान, अनुहार र छालामा चमक चाहनुहुन्छ भने बिहान खाली पेट घ्यू सेवन गर्नुपर्छ । जसलाई कब्ज रहन्छ, उसले बिहान खाली पेट घ्यू सेवन गर्नुपर्छ । घ्यू खाएपछि पेट भरेको अनुभूति हुन्छ, जसले गर्दा बढी खानेकुरा खान सक्दैनौं र वजन बढ्दैन । बिहान घ्यू सेवन गर्दा हाडमा शक्ति, मजबूती र स्टेमिना बढ्छ । आवश्यक र स्वस्थ एन्जायमबाट पेटको स्वास्थ्यमा सुधार हुन्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here