पछिल्लो समयमा युवाहरूबीच लामो दा¥ही र जुँगा राख्ने नयाँ टे«न्ड चलेको छ । लामो दा¥ही र जुँगा राख्दा केटाहरूको उमेरको अनुमान लगाउन गा¥हो हुन्छ ।

कम उमेरका केटाहरू प्रायः चाँडै दा¥ही बढाउन विभिन्न तरीका अँगालिरहेको देख्न सकिन्छ । यदि तपाईं पनि आफ्नो दा¥ही र जुँगा बढाउन चाहनुहुन्छ भने पौष्टिक खानपान सेवन गर्नुपर्छ । यी खानपानले शरीर स्वस्थ राख्नुको साथै जुँगा र दा¥ही बढाउन मदत पुग्छ । दा¥ही बढाउन भिटामिन, प्रोटिन र ओमेगा–३ पैmटी एसिड आवश्यक हुन्छ । यसले दा¥ही बढाउनुको साथै चम्किलो पनि बनाउँछ ।

टुना माछाः टुना माछामा ओमेगा–३ पैmटी एसिड पाइन्छ । यो माछा खाएपछि छाला चम्किलो र कपाल, रौं राम्ररी बढ्छ, साथै कपालको रोम–छिद्र खोल्न पनि मदत गर्छ । दा¥ही बढाउन चाहनेले टुना माछा सेवन गर्नुपर्छ ।

मुसुरोको दालः प्रोटिन सेवन गर्दा शरीरको साथसाथै छाला र कपाल पनि स्वस्थ रहन्छ । सोयाबिन, स्टार्चयुक्त गेडागुडी र केराउ प्रोटिनले भरिपूर्ण हुन्छ । शाकाहारीहरूले दा¥ही बढाउन चाहन्छन् भने मुसुरोको दाल सेवन गर्नुपर्छ । यसले शरीरमा प्रोटिनको अभाव पनि पूर्ति गर्छ ।

पालक सागः पालकमा भिटामिन ए, भिटामिन सी, फोलिक एसिड, क्याल्शियम र आयरनजस्ता गुण पाइन्छ । पालकलाई तरकारीको साथै जुस बनाएर पनि सेवन गर्न सकिन्छ । यसले कपालको वृद्धि हुन्छ । शरीरमा आयरनको कमी हटाउँछ । कपाललाई अक्सिजन पु¥याउनुको साथै दा¥ही बढाउन पनि मदत गर्छ ।

दालचिनीः दालचिनी र कागतीको घोल बनाएर दा¥हीमा लगाउँदा यसले छालामा अवरुद्ध भएको फोहर निकाल्न मदत गर्छ । यसको अलावा दालचिनीको सेवन गर्दा कपालको जरासम्म अक्सिजनयुक्त रक्तसञ्चार बढाउन मदत गर्छ । बिहान तातोपानी र महको साथ दालचिनी सेवन गरेर दा¥ही बढाउन सकिन्छ ।

फर्सीको बीउः फर्सीको बीउमा जिंकको मात्रा बढी हुन्छ जसले कपालको विकासमा मदत गर्छ । फर्सीको बीउलाई सुकाएर समय–समयमा यसको सेवन गर्दा दा¥ही बढाउन सकिने विज्ञहरूको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here