भागदौड दिनचर्याको कारण हाम्रो खानपान पनि सही ढङ्गको हुँदैन । समयमा खानपिनमाथि ध्यान दिन्छौं भने हाम्रो स्वास्थ्य सही रहन्छ । शरीरको सबैभन्दा महŒवपूर्ण भाग दिमाग हो, जसले पूरै शरीरलाई नियन्त्रण गर्छ । दिमागले नै हाम्रो शरीरलाई सही तरीकाले चलाउन निर्देशन दिन्छ । मस्तिष्ककै कारण मुटु धडकिन्छ, फोक्सोले सास फेर्छ । तसर्थ स्वस्थ मस्तिष्कको लागि हाम्रो खानपान पनि सही हुनुपर्छ ।
शक्खरः मस्तिष्कलाई नोक्सान पु¥याउने खाद्य पदार्थमा सबैभन्दा पहिले शक्खरको नाम आउँछ । ग्लुकोजको रूपमा शक्खरले मानव कोषको ऊर्जा बढाउने काम गर्छ तर बढी शक्खर भएको वस्तुले मस्तिष्कमा बढी ग्लुकोज ल्याउन सक्छ । जसले गर्दा स्मरण शक्तिमा नकारात्मक असर हुन्छ । धेरै मात्रामा गुलियो खाद्य पदार्थ खाँदा मस्तिष्कमा ग्लुकोजको मात्रा बढ्छ ।
रक्सीः रक्सी पटक–पटक सेवन गर्दा मस्तिष्क खुम्चिन थाल्छ । यसले न्युरोट्रान्समिटरलाई खराब गर्छ । न्युरोट्रान्समिटरको प्रयोग बे्रेन कम्युनिकेशनको लागि गरिन्छ । आवश्यकताभन्दा बढी रक्सी सेवन गर्दा मस्तिष्क, मिर्गौलाको साथसाथै शरीरको अन्य भागमा पनि असर पर्छ । बढी रक्सी सेवन गर्दा शरीरमा भिटामिन बी १ को कमी हुन्छ । जसले गर्दा कोर्साकोफ सिन्ड्रोम बढ्ने कारण बन्छ । यो सिन्ड्रोमले मस्तिष्कमा नकारात्मक प्रभाव पार्छ ।
कैफिन– चिया र कफीमा कैफिन हुन्छ जसले एसिडिटी वा ग्यासको समस्या सिर्जना गर्छ साथै अनिद्राको समस्या पनि बन्छ । विज्ञका अनुसार सीमित मात्रामा कैफिनको सेवन गर्नुपर्छ ।
मीठो पेय पदार्थः तिर्खा लागेपछि हामी मीठो पेय पदार्थ सेवन गर्छौं, जस्तो सोडा पानी, इनर्जी ड्रिङ्कस, स्पोर्ट ड्रिङ्कस, फलहरूको जुस । यी खाद्य पदार्थले मस्तिष्कको स्वास्थ्यमा नोक्सान पु¥याउँछ । यस्ता पेय पदार्थमा न्युट्रिएन्ट्स कम हुन्छ, चिनी बढी हुन्छ जसले गर्दा मधुमेह, उच्च रक्तचाप, अल्जाइमरको कारण बन्छ ।