संसारभरिका मान्छेले चिया पिउँछन् । चियाको फाइदा र नोक्सान पनि हुन्छ । नेपालमा बच्चादेखि वृद्धसम्म चिया पिउने गर्छन् । कसैकसैलाई दिनभरिमा चार–पाँच पटक चिया पिउने बानी हुन्छ । तर के तपाईंलाई थाहा छ, एक कप चियामा कति क्यालोरी हुन्छ र दिनभरि कति कप चिया पिउनुपर्छ ?
कोलम्बिया एशिया अस्पतालका सिनियर डाइटिशियन अनिका बग्गा भन्छिन्– यदि विना दूध र चिनीको एक कप चिया पिउनुहुन्छ भने त्यसमा २३ क्यालोरी हुन्छ । यसमा एक ग्राम काब्र्स हुन्छ र फाइबर हुँदैन । यस्तो चियामा चिल्लो हुँदैन र साथै प्रोटीन पनि खास मात्रामा पनि हुँदैन । यदि सोडियमको कुरा गर्छौं भने एक कपमा १२ देखि १५ मिलिग्राम सोडियम र ७० मिलिग्राम पोटेशियम हुन्छ ।
जबकि एक कप दूधको चियामा ६० क्यालोरी ५ ग्राम कार्ब हुन्छ भने फाइबर हुँदैन । दूधको कारण यसमा ३ ग्राम चिल्लो र त्यत्तिकै मात्रामा प्रोटीनको साथ ४ मिलिग्राम सोडियम र १६० मिलिग्राम पोटेशियम पनि हुन्छ ।
के दूधको चियाले मोटोपन बढाउँछ ? हामीकहाँ कडा चियापत्ती मिसाएको दूधको चिया पिउने चलन छ । दूध मिसेपछि चियाको तीतोपन निस्किन्छ । धेरैजसोले दूधमा पैmट भएको मान्छन् र यसले मोटोपन बढाउने बताउँछन् । यद्यपि यो कुरा सत्य हो कि दूधको चियाले मोटोपन बढाउन सक्छ । बिहान उठ्ने बित्तिकै यस्तो चिया पिउनुहुन्छ भने तपाईंको मेटाबोलिज्म प्रभावित हुन्छ र तपाईं निर्जलीकरण पनि हुन सक्नुहुन्छ । जसको कारण बढी तिर्खा लाग्न सक्छ । यस्तो चियामा जति पनि क्यालोरी भएपनि यसले स्वास्थ्यलाई सही गर्न सक्दैन ।
डाइटिङ्को क्रममा कस्तो चिया पिउने ?
कालो चियाः यसमा हुने फ्लेवोन्सको कारण वजन कम गर्न लाभदायक हुन्छ । यसमा थुप्रै एन्टिअक्सिडेन्ट गुण हुन्छ, जुन शरीरको लागि लाभदायक हुन्छ ।
हरियो चियाः यदि तपाईं डाइटमा हुनुहुन्छ भने ग्रीन टीमा एन्टिअक्सिडेन्ट हुन्छ, जुन शरीरमा फाइदा पु¥याउनुको साथै वजन कम गर्न पनि सहायक मानिन्छ । यसले मेटाबोलिज्म तेज गर्न र क्यालोरी बर्न गर्न मदत गर्छ ।
हर्बल टीः यस्तो चियाले वजन कम गर्न र फैट बर्न गर्न मदत गर्छ । यसमा हब्र्स र तातो पानीको मिश्रण हुन्छ, जसले बोसोलाई जलाउँछ र शरीरलाई स्वस्थ राख्न सहायक हुन्छ ।
यदि तपाईं चियाको शोखिन हुनुहुन्छ र वजन कम गर्न चाहनुहुन्छ भने यसको अर्थ यो होइन कि चिया पिउनै छाडिदिने । बरु प्रतिदिन दूधको चिया नपिउने र हरियो, कालो चिया पिउन सक्नुहुन्छ ।