वैज्ञानिकहरूले कोरोनाविरुद्ध एउटा नयाँ खोप बनाएका छन् । विडप्रेवटिन खोपले सय प्रतिशतसम्म सुरक्षा दिने बताइन्छ । यस खोपलाई दुई फर्मा कम्पनी सनोफी र जिएसकेले मिलेर तयार गरेका हुन् ।
कम्पनीको दाबी छ, यो खोपले कोरोनाको गम्भीर सङ्क्रमणलाई पनि मात दिन सय प्रतिशतसम्म सक्षम छ । विडप्रेवटिनको सय मिलियन मात्रा तयार गरिएको छ र प्रयोगको लागि स्वीकृति प्रक्रियामा छ । सिएनएनको रिपोर्ट अनुसार यो एउटा प्रोटीन सबयुनिट भ्याक्सिन हो । सजिलो भाषामा यसमा कोरोना भाइरसको यस्तो प्रोटीन प्रयोग गरिएको छ, जसले मानव शरीरमा नोक्सान पु¥याउँदैन । यस प्रोटीनले शरीरको इम्युन सिस्टमलाई यस कुराको तालीम दिन्छ कि अघिल्लोपटक यस्तो भाइरस शरीरमा पुग्छ भने कसरी लड्ने यानी इम्युन सिस्टमको स्मरणमा यसलाई सामेल गराउँछ ।
यो खोप भण्डारण गर्न पनि सजिलो छ । यसलाई फ्रिजको तापमानमा भण्डारण गर्न सकिन्छ । सनोफी र जिएसकेको भनाइ छ, जसले फाइजर, मोडर्ना, जोन्सन र अस्ट्राजेनिकाको दुवै मात्रा लगाइसकेका छन्, उनीहरूलाई बुस्टर डोजको रूपमा विडप्रेवडिन खोप दिइएको थियो । परिणामस्वरूप उनीहरूमा कोरोनाविरुद्ध १० देखि ३० गुनासम्म एन्टिबडी बढेको पाइयो ।
विडप्रेवडिन खोपको तेस्रो चरणको परीक्ष्Fण अमेरिका, एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका दश हजार मानिसमाथि गरिएको छ । यी व्यक्तिहरूमा कोरोना भाइरसविरुद्ध कुनै प्रकारको एन्टिबडी विकसित भएको थिएन । परीक्षणको क्रममा उनीहरूलाई खोपको दुई मात्रा दिइएको थियो । परिणाम यो कोरोनाको लक्षणबाट बचाउन ५८ प्रतिशतसम्म सक्षम साबित भयो । त्यस्तै, मध्यमदेखि गम्भीर लक्षणबाट बचाउनमा ७२ प्रतिशतसम्म असरदार देखियो । गम्भीर सङ्क्रमण र अस्पतालमा भर्ना हुनबाट रोक्नमा सय प्रतिशतसम्म सक्षम साबित भयो । कम्पनीको भनाइ छ, तीन साताको अन्तरालमा यसको दोस्रो मात्रा दिनुपर्छ ।