रूस–युक्रेनबीच साइबर वार (युद्ध) तीव्र भएको छ । रूसले युक्रेनी सङ्गठनहरूसँग सम्बन्धित सिस्टमको तथ्याङ्क स्थायीरूपमा नष्ट गर्न एउटा नयाँ विनाशकारी मैलवेयर उपयोग गरिरहेको
छ ।
युक्रेनमाथि रूसले आक्रमण गरेको कारण ह्याकिङ समूहले विश्वस्तरमा आफ्नो गतिविधि बढाएको छ जबकि रूस समर्थित हैकर्सले पहिले नै थुप्रै युक्रेनी सरकारी वेबसाइट, बैंकमाथि निशाना लगाइसकेका छन् ।
त्यस्तै एउटा प्रमुख हैकिङ समूहले पश्चिमी सहयोगीका साथ गठबन्धन गरेको छ र रूसमा निशाना बनाइरहेको छ । समूहले ट्वीट गर्दै भनेको छ, बेनामी समूह आधिकारिकरूपमा रूसी सरकारविरुद्ध साइबर युद्धमा छ ।
आइबिएम सिक्योरिटी एक्स–फोर्स टीम अनुसार युक्रेनी सिस्टममाथि प्रहार गरिरहेको नयाँ विनाशकारी ‘हर्मेटिकवाइपर’ मैलवेयरको एउटा नमूना प्राप्त गरेको छ । बयानमा भनिएको छ, हर्मेटिकवाइपर हालै देखिएको दोस्रो विनाशकारी मैलवेयर परिवारको हो, जुन पछिल्लो दुई महीनामा युक्रेनका सङ्गठन तथा पूर्वी युरोपका अन्य देशलाई निशाना बनाइरहेको छ । हाइब्रिड अपरेशन्स समर्थनमा नागरिक लक्ष्यविरुद्ध विनाशकारी साइबर हमलाको सम्भावना जारी रहने
छ । यस अलावा एक्स–फोर्सको भनाइ छ, यो सम्भावना छ कि साइबर हमला चलिरहेको बेला सङ्घर्षको दायरालाई समानान्तररूपमा विस्तारित गर्नेछ ।
यसबीच बेनामी हैकर्सले दाबी गर्दै रूसी रक्षा मन्त्रालयको वेबसाइटको डाटाबेस लिक गरेको छ । हैकर्स समूहले शुक्रवार ट्वीट गर्दै भनेको छ, हामीसँग रूसी रक्षा मन्त्रालयको सबै निजी डाटासम्म पहुँच छ । ट्वीटलाई पछि हटाइएको थियो, किनभने यसले ट्वीटरको नियम उल्लङ्घन गरेको थियो ।
रूसबाट सञ्चालित एउटा राज्य प्रायोजित समूह कोन्टीले भ्लादिमिर पुटिनको कार्यको समर्थन गरिरहेको छ । कोन्टीले डार्क वेबमा आफ्नो साइटमाथि एउटा सन्देश पोस्ट गर्दै भनेको छ, कोन्टी टीम आधिकारिकरूपमा रूसी सरकारको लागि पूर्ण समर्थनको घोषणा गर्दछ । रिपोर्ट अनुसार यदि कोही रूसविरुद्ध साइबर हमला वा कुनै पनि युद्ध गतिविधि आयोजित गर्ने निर्णय गर्दछ भने हामी दुश्मनको महŒवपूर्ण संरचनामाथि हमला गर्न आफ्नो सम्पूर्ण संसाधन उपयोग गर्नेछौं ।
युक्रेनमाथि रूस आक्रमणको बीच बेलारूसी राज्य–प्रायोजित हैकर्स युक्रेनी सैन्यकर्मीको निजी इमेल ठेगानामाथि पनि निशाना बनाउँदैछन् । युक्रेनको कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टीमले फेसबूक पोस्टमा भनेको छ, ठूलो मात्रामा फिशिङ अभियान युक्रेनको सैन्यकर्मीको निजी खातालाई निशाना बनाइरहेको छ । यी गतिविधिको पछाडि युएनओ ११५१ नामक मिन्स्कस्थित समूहको हात पाइएको छ । यसको सदस्य बेलारूस गणराज्यको रक्षा मन्त्रालयका अधिकारी हुन् । रिपोर्टमा भनिएको छ, ठूलो सङ्ख्यामा साइबर हमलाको साथ युक्रेनी सरकारी वेबसाइट, बैंकहरूमाथि हमलापछि रूसद्वारा प्रायोजित हैकर अब एउटा पूर्ण युद्धको बीच स्थानीयवासीलाई चुप गराउनको लागि युक्रेनको इन्टरनेटको आधारभूत ढाँचामाथि हमला गरिरहेका छन् ।
रूसले युक्रेनमाथि बिहीवार आक्रमण शुरू गर्नुभन्दा पहिले नै साइबर आक्रमणले युक्रेनको केही भागमा इन्टरनेट कनेक्टिभिटी काटेको थियो । युक्रेनी सरकारी साइटविरुद्ध रूसले डिडिओएस हमला गरेको थियो । पूर्ण ब्लैकआउटको मतलब नेटवर्कस्तरमा दूरसञ्चारको आधारभूत ढाँचालाई रूसले अक्षम गर्नुपर्ने हुन्छ । यसमा कमसेकम दुई अन्य हैकर समूहले घोषणा गरेका थिए कि उनीहरू रूसलाई समर्थन गर्दैछन् ।
युक्रेनविरुद्ध युद्धमा रूस गएपछि इरानी खुफिया सुरक्षा मन्त्रालयसँग सम्बन्धित हैकर्स, जसलाई मड्डीवाटर भनिन्छ, सक्रिय भएको छ । यसले एशिया, अमेरिका, युके, साइबर कानून अधिकारीसहित वैश्विकस्तरमा सङ्गठनहरूलाई चेतावनी दिंदै भनेको छ, अन्य दुर्भावनापूर्ण हमला सञ्चालन गर्न हामी बगको फाइदा उठाइरहेका छौं ।
हर्मेटिकवाइपर हालै देखिएको दोस्रो विनाशकारी मैलवेयर परिवार हो । यसले हाइब्रिड अपरेशन्सको समर्थनमा विनाशकारी साइबर हमलाको सम्भावनालाई जारी राख्नेछ ।