व्यस्त जीवनशैलीका कारण धेरैजसो मानिसले उचित आहार लिन सक्दैनन् । जसका कारण पोषक तŒवको कमीले उनीहरूको स्वास्थ्यमा मात्रै नभई शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएर समयअगावै धेरै गम्भीर रोग झेल्नुपर्ने हुन्छ ।
तर अङ्कुरित लसुनलाई आफ्नो आहारमा समावेश गरेर स्वास्थ्यसम्बन्धी सबै समस्याबाट मुक्त हुन सकिन्छ । वास्तवमा अङ्कुरित लसुनमा प्रोटिन, कार्बोहाइड्रेट र फाइबर प्रशस्त मात्रा
हुन्छन् । साथै यसमा रहेको एन्टिअक्सिडेन्ट तŒवले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउन मदत गर्छ । अर्कोतर्फ ताजा लसुनको तुलनामा पुरानो अर्थात् अङ्कुरित लसुनमा एन्टिअक्सिडेन्ट बढी मात्रामा पाइन्छ । त्यसैले पनि विज्ञहरूले अङ्कुरित लसुन खाने सल्लाह दिन्छन् । त्यसो भए अङ्कुरित लसुनका केही फाइदाहरूबारे जानौं ।
क्यान्सरसँग लड्न मदत गर्दछ
क्यान्सर आजको विश्वमा गम्भीर रोगहरूमध्ये एक हो । यो रोग जति खतरनाक छ, त्यति नै यसको उपचार गर्न गा¥हो छ । साथै लसुनले क्यान्सर हुने सम्भावना पनि कम गर्छ । यसमा पाइने एन्टिब्याक्टेरियल गुण क्यान्सरसँग लड्न प्रभावकारी हुन्छ ।
लसुनले मुटुलाई स्वस्थ राख्छ
अङ्कुरित लसुनमा इन्जाइम तŒवहरू पाइन्छन् । जसले मुटुलाई स्वस्थ राख्न मदत गर्छ । यसका साथै अङ्कुरित लसुन दैनिक खाँदा हार्ट अट्याक र हार्ट स्ट्रोक जस्ता रोगबाट पनि बच्न सकिन्छ ।
लसुनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
अङ्कुरित लसुनमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन यो निकै प्रभावकारी हुन्छ । यही कारणले गर्दा लसुनको सेवनले सङ्क्रमण र भाइरसलाई टाढा राख्न पनि मदत गर्छ ।
स्ट्रोकको जोखिम कम हुन्छ
शरीरको कुनै पनि अङ्गमा बारम्बार रगत जम्मा हुँदा मस्तिष्कघातको जोखिम बढ्छ । तर इन्जाइम भरपूर भएकाले लसुनको सेवनले स्ट्रोकको सम्भावनालाई कम गर्न प्रभावकारी हुन्छ । अर्कोतर्फ अङ्कुरित लसुनमा नाइट्राइट पाइन्छ, जसले धमनीलाई फैलाएर रगत जम्नबाट रोक्छ र शरीरमा रक्तसञ्चार सुधार्ने काम गर्छ ।
लसुनको सेवनले बुढ्यौली प्रभाव कम हुन्छ
आफ्नो आहारमा लसुनलाई समावेश गरेर बुढ्यौलीको प्रभावबाट बच्न सकिन्छ । यसका साथै लसुनको सेवनले चाउरी, नङ र एक्नेको समस्यालाई पनि हटाउन सकिन्छ ।