जनकपुर, १० फागुन/रासस

मधेस प्रदेशको प्रदेशसभाको मङ्गलवार बस्ने भनिएको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ ।

मङ्गलवार दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक दोस्रोपटक विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले फागुन २२ गतेसम्मका लागि स्थगित गरेको हो । प्रदेशसभा भवनको कम्पाउन्डभित्र कालोपत्र गर्ने काम भइरहेको र फागुन १५ गते हुन लागेको नेपाली काङ्ग्रेसको जिल्ला अधिवेशनमा प्रदेशसभा सदस्य व्यस्त भएकाले आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।

आज बस्ने बैठकमा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यतालिका थियो । यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै स्थगित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here