यस मौसममा नसाको दुखाइ साधारण कुरा हो । नसाको दुखाइ यस्तो शारीरिक अवस्था हो, जुन नसामाथि निकै प्रभाव पार्छ । यसको पछाडि थुप्रै कारण हुन सक्छन् ।

मस्तिष्क, मेरुदण्ड वा नसाको चोट, बढी मदिरा सेवन, कुनै औषधि, भिटामिन बी १२ वा बी १ को कमी, नसामा कम रक्तचाप हुनु, मधुमेह, हृदयघातको सङ्क्रमण सामेल छ । त्यसो त नसाको दुखाइको उपचार धेरै प्रकारले गरिन्छ तर यदि तपाईंको पीडा धेरै बढेको छ भने केही घरेलु उपचारको मदत लिन सकिन्छ, जसबाट पीडा छुमन्तर हुन्छ ।

स्याउको सिरकाः स्याउ जति आँखाको लागि फाइदाजनक हुन्छ, उत्तिकै स्याउको सिरका पिउँदा नसा दुखाइमा आराम हुन्छ । स्याउको सिरकामा मैग्निशियम, फास्फोरस, क्याल्सियम, पोटाशियम हुन्छ, जसले नसाको दुखाइबाट राहत दिन्छ । यसको अलावा यो एन्टिइन्फ्लामेटरी गुणले भरिपूर्ण हुन्छ । एक गिलास तातो पानीमा दुई/तीन चम्चा स्याउको साइडर भिनेगर मिसाउने, स्वादको लागि एक चम्चा मह राखेर एक सातासम्म दिनको दुईपटक पिउँदा नसा दुखाइ कम हुन्छ ।

बिरेनूनः नुहाउने समयमा बिरेनूनको प्रयोग गर्दा पनि नसाको दुखाइमा आराम हुन्छ । नूनमा मैग्निशियम हुन्छ । नुहाउने पानीमा दुई कपा बिरेनून मिसाउने । त्यसलाई राम्ररी मिलाउने । नून राम्ररी घुलेपछि पीडा हुने ठाउँमा लगभग आधा घण्टासम्म भिजाउने । यसो गर्दा दुखाइ कम हुन्छ ।

बेसारः औषधीय गुणले भरिपूर्ण बेसार भान्सामा सजिलै पाइन्छ । बेसारमा एन्टिइन्फ्लामेटरी गुण हुन्छ, जसले नसाको दुखाइलाई कम गर्न मदत गर्छ । हरेक दिन बेसारलाई खानेकुरामा सामेल गर्नुपर्छ । यसको साथै एक गिलास दूधमा आवश्यकता अनुसार बेसारको धूलो मिसाउने, यसमा एक चिम्टी मरिचको धूलो मिसाएर एक सातासम्म पिउँदा नसासम्बन्धी पीडा हराउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here