अन्डा खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ र अन्डामा प्रोटिन उच्च हुन्छ । विज्ञहरूले हरेक मौसममा यसलाई हरेक दिन खान सल्लाह दिन्छन् । एक अनुसन्धानले देखाएको छ कि दिनमा एक वा धेरै अन्डा खाँदा टाइप २ मधुमेहको जोखिम ६० प्रतिशतले बढ्न सक्छ ।

अनुसन्धानकर्ताहरूले चाइना हेल्थ एन्ड न्युट्रिशन सर्भेमा आठ हजारभन्दा बढी प्रतिभागीमध्ये सबैभन्दा धेरै अन्डा खानेहरू शारीरिकरूपमा कम सक्रिय रहेको, सीरम कोलेस्ट्रोलको मात्रा उच्च रहेको र उनीहरूमा उच्च फ्याट रहेको र उनीहरूले पशु प्रोटिनको सेवन गरेको पत्ता
लगाए ।

अध्ययनले देखाएको छ कि अन्डाको पहेंलो भागमा पाइने कोलिनले अक्सिडेशन र सूजनको जोखिम बढाउन सक्छ, जसले अन्डाको सेतो भागमा पाइने रसायनबाट कार्बोहाइड्रेटको अवशोषणलाई रोक्छ । अन्डा संसारभरका धेरै घरमा बिहानको खाजाको एक महŒवपूर्ण भाग हो, यो प्रोटिनको समृद्ध स्रोत हो ।

अन्डाको नियमित सेवनले मधुमेहको जोखिम बढाउँछ भन्ने धेरै विज्ञ विश्वास गर्छन् । एउटा ठूलो अन्डामा करीब २०० मिलिग्राम कोलेस्ट्रोल हुन्छ, त्यसैले यो मधुमेहका बिरामीका लागि हानिकारक साबित हुन सक्छ ।

अन्डा उपभोग गर्ने सबैभन्दा राम्रो तरीका यो हो कि त्यसलाई उमालेर नून, मरिच र धनिया पातसँग सेवन गर्न सकिन्छ वा दुईवटा अन्डामा हरियो तरकारी राखी अमलेट बनाएर खान सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here