- सञ्जय मित्र
सन्दर्भ त्यसै ठाउँको हो, जहाँ भगवान् बुद्धले पहिलो उपदेश दिएका थिए । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरिसकेपछि पहिलो ज्ञानको उपदेश काशीनजीक सारनाथमा दिएका थिए भन्ने कुरा स्वयंसिद्ध छ । आजको परिवेशमा पनि सारनाथ पुग्दा यस्तो अनुभूति हुन्छ कि बुद्धको ज्ञानको पहिलो वाणी यतै कतै गुञ्जित भइरहेको छ ।
भगवान् बुद्धले आफूले प्राप्त गरेको ज्ञानको उज्यालो छर्ने काम जहाँबाट शुरू गरेका थिए, त्यहाँ पुग्दा अलिकति म पनि त्यसको आलोकमा आलोकित हुन पुगेछु । र शान्तचित्त ध्यानमग्न भएर सुन्ने प्रयास गर्ने हो भने कतैबाट कुनै सत्यबोध गराउने, जीवनमार्ग बताउने वाणी कानमा पसिरहेको अनुभूति हुन्छ । र यदि बुद्धको वाणीले हेर्ने नजर हो सारनाथको आन्तरिक परिवेशमा बुद्धका वाणीहरू पनि देख्न सकिन्छ । बोर्डहरूमा अथ्र्याउन मिल्ने गरी वाणीहरू आकर्षक पारेर झुन्ड्याइएका छन्, जसलाई हिन्दी र अङ्ग्रेजीको अर्थसहित हेर्न सकिन्छ ।
हेर्न सकिन्छ भन्नुको अर्थ हो पढ्न सकिन्छ । मात्र पढ्नको लागि होइन, बोध गर्नको लागि
हो । यस अर्थमा बोर्डमा टाँसिएका शब्दहरूले अर्थ मात्र होइन मर्म पनि बोलेका छन् । जहाँ मर्मको बोली सुन्ने सामथ्र्य हुन्छ, त्यहाँ अर्थलाई हेर्ने दृष्टि पनि हुन्छ । अर्थलाई हेर्ने दृष्टिले वाणीमाथि नजर पु¥याउनु स्वाभाविक हो । त्यहाँ सारनाथको परिवेशले वाणीमाथि नजर पु¥याउने परिवेशको पनि सिर्जना गरेको छ । अरू समयमा सामान्यतया कतै नसुनेको र नपढेको जस्ता लाग्ने बुद्धवाणीहरू त्यहाँ देख्न पाइन्छ ः
न अन्तलिक्खे न समुद्दमज्झे,
न पब्बतानं विवरं पविस्स ।
न विज्जती सो जगतिप्पदेसो,
यत्थट्ठितो मुञ्चेय्य पापकम्मा ।।
न आकाशमा, न समुद्रको मध्यमा, न पहाडको विवरमा प्रवेश गरेर संसारमा कुनै स्थान छैन, जहाँ रहेर पाप कर्मको फलबाट प्राणी जोगिन सक्छ ।
माथि लेखिएको श्लोकको भावार्थ हो यो । त्यहाँ हिन्दी र अङ्ग्रेजीमा यसैगरी अर्थ दिएका छन् वाणीहरूको । वाणीको स्रोतोल्लेख भने पाइन्न बरु भगवान् बुद्धका विभिन्न आसनहरूको चित्र पाइन्छन् ।
एउटा होर्डिङ बोर्डमा सारनाथलाई पवित्रस्थल भनिएको छ । तीर्थस्थल भनिएको छ । यो त्यही तीर्थस्थल हो, जहाँ भगवान् बुद्धले आफ्नो जीवनको पहिलो उपदेश दिएका थिए । वाराणसी वन क्षेत्रलाई स्वच्छ बनाइनु सबैको कर्तव्य हो । यस भनाइले यो पनि स्पष्ट हुन्छ कि सारनाथ क्षेत्र बनारस वा काशीकै एउटा अङ्गको रूपमा रहिआएको छ । र स्वच्छताको लागि त आग्रह गरिनु स्वाभाविक हो । यो स्वाभाविक आग्रहले हामीलाई नै जहिले पनि सचेत गराइरहेको हुन्छ । यद्यपि हामी कतिको सचेत छौं, त्यो आफूले र दुनियाँले देखिरहेको छ । तर काशीको सारनाथ क्षेत्र स्वच्छ छ, बनाइएको छ । पारिएको छ । रमणीय स्वच्छताको बासले मनलाई आकर्षित गरिरहेको हुन्छ ।
खन्ती परमं तपो तितिक्खा, निब्बाणं परमं वदन्ति बुद्धा ।
न हि पब्बजितो परूपघाती, समणो होति परं विहेठयन्तो ।।
क्षमा, जसलाई सहनशीलता पनि भनिन्छ, उत्तम तप हो । सबै बुद्ध निर्वाणलाई सर्वश्रेष्ठ बताउँछन् । जुन व्यक्ति अरूलाई चोट पु¥याउँछन् वा सताउँछन् उनलाई श्रमण भन्न सकिन्न ।
भगवान् बुद्ध आफैं कति सहनशील थिए भन्ने कुरा उनका उपदेशहरूले मात्र नभएर उनको जीवनमा आइपरेका घटना तथा ती घटनाप्रति तिनको प्रतिक्रियाले साबित गरेका छन् । सहनशील हुनु पनि एक वीरता र साहसको काम हो । सहनशीलता पनि ठूलो प्रतिरोध हो भन्ने कुरा धेरैले यही अर्थमा बताउने गरेका छन् । सारनाथमा अर्को वाणी झुन्डिएको छः
सुखो बुद्धानं उप्पादो, सुखा सद्धम्मदेसना ।
सुखा संघस्स सामग्गी, समग्गानं तपो सुखो ।
सुखदायक छन् बुद्धहरूको जन्म, सुखदायक छ सधर्मको उपदेश । सङ्घमा एकता सुखदायक छ र सुखदायक छ एकतायुक्त भएर तप गर्नु ।
भगवान् बुद्धको यस वाणीमा सुख र एकतामा जोड दिइएको छ । मानिसको लागि भौतिक कुराको सुख त फरक विषय हो तर ज्ञानको क्षेत्रमा भौतिक कुराको उपस्थिति त्यत्ति महŒवपूर्ण हुँदैन । सधर्मको उपदेशलाई सुखदायक बताइएको छ र अन्ततः एकतामा नै जोड दिएको छ । एकताभन्दा सुखदायक अरू केही नहुने र सबैभन्दा सुखदायक भनेकै एकता भएर तप गर्नु हो भन्नुले पनि सामूहिकतामा नै जोड दिनु हो ।
हिन्दू धर्ममा प्रचलित कतिपय कुरालाई भगवान् बुद्धले सरल भाषामा अझ स्पष्ट पारेका छन् । मानव जन्मको विषयमा सारनाथमा एउटा बोर्डमा अङ्कित वाणी यस्तो रहेको छः
किच्छो मनुस्सपटिलाभो किच्छं मच्चानं जीवितं ।
किच्छं सद्धम्मसवणं किच्छो बुद्धानं उप्पादो ।।
यसको भावार्थ हो– मानव जन्म पाउनु कठिन छ, मानवजीवन बाँच्नु कठिन छ । सधर्म श्रवणको अवसर पाउनु कठिन छ र बुद्धहरूको उत्पत्ति कठिन छ ।
सम्भवतः बुद्धहरू भन्नुको तात्पर्य ज्ञान हुनुपर्छ । ज्ञानको उत्पत्तिलाई असाधारण नै भनिएको
छ । साधारण तपस्याबाट ज्ञानको उत्पत्ति हुँदैन र ज्ञानको उत्पत्ति भएपछि मानिस साधारण रहन जाँदैन भन्ने कुरातर्फ यसको सङ्केत हुनुपर्छ ।
धर्महरूले पापको बारेमा धेरै बोलेको पाइन्छ । यसैले धर्मको विपरीत पापलाई मानिएको पनि पाइन्छ र धर्मको अर्थमा पुण्यलाई पनि लिइएको पाइन्छ । पाप र पुण्यको विषयमा बुद्धवाणी सारनाथमा पनि देख्न पाइन्छ । एउटा बोर्डमा यसरी लेखिएको छ ः
सब्ब पापस्य अकरणं कुशलस्स उपसम्पदा ।
सचित्तपरियोदपनं एतं बुद्धान सासनं ।।
सबै पाप नगर्नु, पुण्य सञ्चय गर्नु, आफ्नो चित्तलाई परिशुद्ध गर्नु, यही नै हो बुद्धको शिक्षा । बुद्धको मूल शिक्षाको विषयमा भन्न खोजिएको अनुभव हुन्छ । आफूलाई चिन्नु र आफूलाई चित्तदेखि नै शुद्ध पार्नु । यसले स्वतः पवित्र बनाउँछ भन्ने कुराले धेरै अर्थ दिन्छ ।
अत्ता हि अत्तनो नाथो, को हि नाथो परो सिया ।
अत्तना व सुदन्तेन, नाथं लभति दुल्लभं ।।
पुरुष स्वयम् नै आफ्नो स्वामी हो, अर्को को स्वामी हुन सक्छ । आफूमाथि राम्ररी दमन गर्न सकेपछि उसले एक दुर्लभ स्वामित्वको लाभ प्राप्त गर्दछ ।
सम्भवतः आत्मनियन्त्रणले आफ्नो स्वामी आफैंलाई बनाउने भन्ने भावार्थ रहेको छ । वास्तवमा आफूमाथि नियन्त्रण ठूलो कुरो हो । जसले आफूमाथि नियन्त्रण कायम गर्न सक्छ, ऊ साँच्चै आफ्नो स्वामी बन्न पुग्दछ ।
न त माता पिता कयिरा अञ्ञे वापि च ञातका ।।
सम्मापणिहितं चित्तं सेय्यसो नं ततो करे ।।
जति हाम्रो भलाइ माता पिता वा अरू भाइबन्धुले गर्न सक्दैनन्, त्यसभन्दा बढी भलाइ सम्यक मार्गमा लागेको चित्तले गर्दछ ।
यहाँ सम्यक मार्गको महŒवको बारेमा बताइएको छ ।
दिसो दिसं यन्तं कयिरा, वेरी वा पन वेरिनं ।
मिच्छापणिहितं चित्तं, पापियो नं ततो करे ।।
जति धेरै हानि शत्रुले शत्रुलाई गर्दछ र वैरीले वैरीलाई गर्दछ । त्यसभन्दा कतै बढी हानि खराब मार्गमा लागेको चित्तले गर्दछ ।
भगवान् बुद्धका यस्ता कैयFैं वाणी सारनाथको सम्पत्ति हो । साँच्चै भगवान् गौतम बुद्धका बारेमा सारनाथ पुगेपछि अझ बढी जान्न मन लाग्दछ । भगवान् बुद्धको बारेमा अझ धेरै कुराको जानकारी प्राप्त होओस् भन्ने कामना मनले नै गर्दछ । बनारसी साडीको लागि विश्वमैं ख्याति कमाएको बनारस विश्वमा शान्ति फैलाउने महामानव गौतम बुद्धको पहिलो ज्ञान प्रकाश छर्ने स्थल पनि हो र यसले आजको दिनमा पनि आफ्नो गरिमालाई पस्किइरहन सफल देखिएको
छ ।