तीस मार खाँ चलचित्रमा जसरी अक्षय कुमारले जसरी प्रहरीलाई दिक्क बनाएको थियो त्यसैगरी भारत, इन्दौर क्राइम ब्रान्चलाई दिक्क बनाउने एकजना हाइटेक चोरलाई प्रहरीले पक्राउ गरेको छ । यो चोर फ्लाइटबाट चोरी गर्न आउँथे, पाँच तारे होटलमा कोठा बुक गर्दथे । सफ्टवेयरको मदतबाट कारको साँचोको तरङ्ग ह््याक गरेर कार अनलक गर्दथे । लक्जरी कार उसको निशानामा रहन्थ्यो ।

यो चोरको नाम शेरसिंह मिणा हो, यिनी राजस्थानका कुख्यात वाहन चोर हुन् । क्राइम ब्रान्चले गुडगांवबाट शेरसिंहलाई पक्राउ गरेको थियो । उसले थुप्रै लक्जरी कार चोरेको स्वीकारेका छन् । शहरमा जति पनि कार चोरी हुन्थ्यो ती सबैमा यसैको हात थियो ।

प्रहरीका अनुसार शेरसिंह निकै चलाख छन् । उनले आठपटक हत्कडी तोडेर प्रहरी घेराबाट भागेका थिए । डेढ वर्ष पहिले गुडिरहेको रेलबाट हाम फालेर जङ्गल भागेका थिए । शेरसिंहको समूह करीब १६ वर्षदेखि प्रदेशमा सक्रिय छन् । यसले सबैभन्दा पहिले इन्दौरका एकजना मन्त्रीको कार चोरेका थिए । १ फेब्रुअरीमा एकजना कोइलाा कारोबारीको पनि नयाँ लक्जरी कार चोरेका थिए । भारतको ९ राज्यका प्रहरीले उनलाई खोजिरहेको थियो ।

लूटपाट, अवैध असुली, कुटपिट, ज्यानमारा आक्रमणलगायत ५० भन्दा बढी अपराध शेरसिंहको नाममा दर्ता भएको छ । इन्दौरमा सक्रिय यस अपराधीले देवासको एउटा होटलमा ठेगाना बनाएका थिए । मध्यप्रदेशमा सन् २००५ देखि नै शेरसिंहका चोर गिरोह सक्रिय छन् । उनले देशभरिका सयकडौं कार चोरेका छन् ।

चोरी गर्न पहिले फ्लFइटबाट शहरमा आउने, त्यसपछि पाँच तारे होटलमा बास बस्ने गर्छन् । यस चोरका कारण ४० जनाभन्दा बढी प्रहरी निलम्बित भइसकेका छन् । इन्दौरबाट कार चोरेर उनले अन्य राज्यमा बिक्री गर्दथे । उनी सडक मार्गमा आवतजावत गर्दा प्रेमिका वा पत्नीलाई साथै राख्दथे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here