रूखबिरुवालाई आफ्नो जीवनको अङ्ग मान्ने सोनभद्र, उत्तरप्रदेशका ४३ वर्षीय सुमित शाहको यो शोख एक दिन उनको व्यवसाय बन्छ भन्ने उनले कल्पना पनि गरेका थिएनन् । उनको परिवारले वर्षौंदेखि सुन्दर बोटबिरुवाको व्यापार गर्दैछन् र शहरका विभिन्न ठाउँमा उनीहरूको आउटलेट्स पनि छन् ।

फोटोग्राफीको काम छाडेर सुमितले नर्सरी खोल्ने निर्णय गरे । उनले भने, म सदैव बोटबिरुवाको नजीक बसें, घरमा पनि मैले १२ सयवटा बिरुवा लगाएको छु । गत वर्ष मेरो पिताको निधन भएपछि फोटो स्टुडियोको काममा मन लागेन, त्यसपछि मैले नर्सरी खोलेर मान्छेको घरमा गार्डेन सेटअप गर्न शुरू गरें ।

मात्र आठ महीनामा उनको काम राम्ररी चल्न थाल्यो र आम्दानी पनि मनग्य हुन थालेको छ । उनको नर्सरी (बोन्साइ प्लान्ट नर्सरी इन सोनभद्रा) कुनै सामान्य नर्सरी होइन । यहाँ बढीजसो बिरुवा कलात्मक हुन्छ । सुमितलाई बोन्साइको शोख छ । उनीसँग पाँच सयभन्दा बढी बोन्साइ बिरुवा छन् ।

उनले बिरुवालाई कटिङ गरेर कलात्मक बनाउँछन् । छानेर–रोजेर पीपल, नीम, बरलगायत अन्य बिरुवा र अन्य नर्सरीबाट धेरै पुराना बोन्साइ बोट ल्याउँछन् । त्यसलाई कलात्मक बनाएर बेच्छन् । उनीसँग पचास वर्ष पुरानो पीपलको बोटको गमला छ, जसको मूल्य भारु डेढ लाख राखेका छन् ।

उनी भन्छन्, मसँग सामान्य नीमको बोट पनि अनौठो आकारमा पाइन्छ । म हरेक बिरुवालाई फोटोग्राफरको दृष्टिकोणले हेर्छु । कुन गमलामा कस्तो आकारको बोट राम्रो देखिन्छ, त्यो तयार गर्छु । साधारणतया बोटबिरुवा ठूलो भएपछि फलफूल दिन्छन् तर उनले बनाएको गमलामा नै बोटले फल र फूल दिने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here