चिनियाँ वैज्ञानिकले ओमिक्रोनबारे नयाँ खुलासा गरेका छन् । एउटा नयाँ अध्ययन अनुसार कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको उत्पत्ति मुसाबाट भएको हो ।
डब्लुआइओएनको रिपोर्ट अनुसार यो अध्ययन चिनियाँ शोधकर्ताहरूले गरेको हो र यसको प्रमाण पनि भेटिएको छ कि कोरोना भाइरस मनुष्यबाट मुसामा गयो र त्यसपछि कैयौं म्युटेशनपछि यो पुनः मनुष्यमा आएको हो ।
अध्ययनमा भनिएको छ कोरोना भाइरसको यस म्युटेशनमा यस्तो कुरा अगाडि आएको छ जुन पहिलेका रोगीको नमूनामा शायदै भेटिएको थियो । मनुष्यमा ओमिक्रोन भेरिएन्टको पाँच म्युटेशन, मुसाको फोक्सोको नमूनामा पाइएको म्युटेशन समान छ ।
यो अध्ययन तिआन्जिनमा नानकाई विश्वविद्यालय र नेशनल इन्स्ट्च्यिुट फर कम्युनिकेबल डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शनका शोधकर्ताहरूले गरेका हुन् र बायोसेप्mटी एन्ड बायोसेक्युरिटी जर्नलमा प्रकाशित गरिएको छ । शोधकर्ताका अनुसार ओमिक्रोनको उत्पत्ति अज्ञात बनेको छ । यसमा ५० भन्दा बढी म्युटेशन हुन्छ जसमध्ये कैयौं पछिल्लोरूपमा पाइएको छैन ।
ओमिक्रोनको उत्पत्तिबारे तीनवटा सिद्धान्त छ । पहिलो सिद्धान्त अनुसार भाइरस इम्युनोकम्प्रोमाइज्ड (प्रतिरक्षामा अक्षम) व्यक्तिमा म्युटेट हुन्छ । दोस्रो सिद्धान्तमा भनिएको छ यसमाथि कसैको ध्यान गएन कि कोभिड रोगीमा म्युटेशन भइरहेको छ । तेस्रो सिद्धान्त अनुसार एउटा जनावरको प्रजाति मानवबाट सङ्क्रमित भयो, जुन मनुष्यलाई पुनः सङ्क्रमित गर्नुभन्दा पहिले कैयौं चरणमा म्युटेशनबाट गुज्रेको हुन सक्छ ।