अनेकौं कारणले कलेजो सुन्निन सक्छ । यसमध्ये मुख्य कारण भाइरल हेपाटाइटिस नामक रोग हो । यो रोगमा भाइरसद्वारा कलेजो सङ्क्रमित हुन्छ । विश्व स्वास्थ्य सङ्गठन अनुसार हेपाटाइटिसको दिनदिनै बढ्दो प्रकोप चिन्ताजनक मुद्दा हो, किनभने कलेजो शरीरको महŒवपूर्ण अङ्ग हो ।

मेदान्ता दी मेडिसिटी, गुडगावँका गैस्ट्रोइन्टेरोलोजिस्ट विभागका प्रमुख डा का. अनुसार हेपाटाइटिसका पाँच प्रकार ए, बी, सी, डी र ई हुन्छन्, तर हेपाटाइटिस डी भारतमा हुँदैन ।

हेपाटाइटिस ए र ई प्रदूषित खाद्य र पेय पदार्थको सेवनबाट हुन्छ । त्यस्तै बी र सी हेपाटाइटिस रक्तको माध्यमबाट हुन्छ । रक्त र रक्तका उत्पाद जस्तै प्लाज्मामा प्रदूषित सिरिन्जको प्रयोगबाट अन्य व्यक्ति सङ्क्रमित हुन्छन् । यस प्रकार सङ्क्रमित व्यक्तिद्वारा रक्तदान गर्दा पनि यो रोग सर्न सक्छ । उनका अनुसार ट्याटु बनाउने, कुनै सङ्क्रमित व्यक्तिको टुथब्रस र रेजरको प्रयोग गर्दा र असुरक्षित शारीरिक सम्पर्कबाट पनि हेपाटाइटिस बी र सी हुने जोखिम बढ्छ । रक्सीका अम्मलीलाई पनि हेपाटाइटिस हुन सक्छ ।

लक्षणः जन्डिस हुनु, भोक नलाग्नु, ज्वरो आउनु, पेट दुख्नु, बान्ता हुनु ।
उपचारः केवल हेपाटाइटिस ए र बीबाट बचाउको लागि खोप उपलब्ध छ । पानी उमालेर वा फिल्टर गरेर पिउनुपर्छ । खाद्य र पेय पदार्थको स्वच्छतालाई ध्यानमा राख्नुपर्छ । कुनै पनि खाद्य पदार्थ खानुभन्दा पहिले कीटाणुनाशक साबुनबाट हात धुने वा हैन्ड सेनिटाइजरको प्रयोग गर्नुपर्छ ।

डा का. अनुसार हेपाटाइटिस ए र ईको उपचारको कुनै सुनिश्चित औषधि छैन । लक्षणको आधारमा नै यसको उपचार गरिन्छ । जस्तै ज्वरोको लागि भिन्दै औषधि दिइन्छ र पेट दुखाइको लागि अर्कै औषधि । रोगीले ग¥हुँगो भोजन गर्नुहुँदैन र समुचित विश्राम गर्नुपर्छ ।

अतीतमा हेपाटाइटिस बी र सीलाई घातक मानिन्थ्यो तर अब हेपाटाइटिसका यी दुवै प्रकारको उपचार ओरल मेडिसिनबाट सम्भव छ । हेपाटाइटिसबाट ग्रस्त बढीजसो मान्छे समुचित उपचारबाट नै निको हुन्छन् तर केही व्यक्तिको स्थिति गम्भीर हुन सक्छ । जन्डिस लगातार बढ्नु, बान्ता नरोकिनु, रोगी बेहोश हुनु वा कमजोरी महसूस गर्नु हेपाटाइटिसका गम्भीर सूचक हुन् । यस्तो स्थितिमा परिवारजनले गैस्ट्रोइन्टेरोलोजिस्टसँग परामर्श लिनुपर्छ ।

भ्रमः एशियन इन्स्टिच्युट अफ मेडिकल साइसेन्स, फरिदाबादका गैस्ट्रोइन्टेरोलोजिस्टका अनुसार हेपाटाइटिसका सन्दर्भमा थुप्रै भ्रान्ति व्याप्त छन्, जसको निराकरण गर्नुपर्छ ।
मिथकः हेपाटाइटिस बी भाइरसबाट सङ्क्रमित रोगीमा साधारणतया जन्डिस, पेटको समस्या, वजन कम हुने र भोक कम लाग्ने लक्षण प्रकट हुन्छन् ।

तथ्यः हेपाटाइटिस बीका रोगी विशेषगरी साधारणतया क्रोनिक हेपाटाइटिसको प्रारम्भिक चरणमा कुनै लक्षण प्रकट हुँदैन । वर्षौंदेखि भाइरसबाट सङ्क्रमित व्यक्ति क्रोनिक लिभर इन्फ्लेमेशन र यहाँसम्म कि लिभर सिरोसिस भएपछि पनि कुनै फरक महसूस गर्न सक्दैनन् । उपरोक्त लक्षण केवल त्यति बेला प्रकट हुन्छन्, जब व्यक्तिमा रोग विकसित अवस्थामा पुगिसकेको हुन्छ । यसको अर्थ यो हो कि कलेजो अब सामान्यरूपले कार्य गर्न सक्दैन ।

मिथकः भाइरस हेपाटाइटिसबाट पीडित रोगी सबै प्रकारका खाद्य पदार्थ सेवन गर्न सक्छन् ।
तथ्यः कलेजोको कार्यमा सुधारको लागि खानपान अत्यन्त महŒवपूर्ण हुन्छ । यसैले रोगीले हलुका र उमालेको भोजन ग्रहण गर्नुपर्छ । फलको सेवन लाभप्रद हुन्छ ।
मिथकः उखुको रस कलेजोको लागि लाभप्रद हुन्छ ।
तथ्यः उखुको रस सेवन कलेजोको लागि लाभप्रद हुन्छ तर अनेकौं मामिलामा यसले लाभको सट्टा हानि पु¥याउँछ । किनभने बढीजसो मामिलामा यसलाई अस्वच्छ र अस्वस्थकर स्थितिमा तयार गरिएको हुन्छ ।

मिथकः हेपाटाइटिसबाट पीडित व्यक्ति धेरै सुत्छन् ।
तथ्यः यदि व्यक्ति आवश्यकताभन्दा बढी सुत्छ भने यो इन्सेपैmलोपैथीको प्रारम्भिक अवस्थाको सङ्केत हुन सक्छ । यसबाट यो पत्ता लाग्छ कि कलेजो फेल हुन सक्छ र यसले मस्तिष्कलाई प्रभावित गर्न सक्छ ।

मिथकः हेपाटाइटिसका सबै प्रकारको खोप उपलब्ध छन् ।
तथ्यः हेपाटाइटिस ए र बीका लागि खोप उपलब्ध छन् । हेपाटाइटिस सी र ईको लागि क्लिनिकल प्रयोगको लागि कुनै खोप उपलब्ध छैन ।
मिथकः यदि तपाईंलाई जन्डिस छैन भने हेपाटाइटिस पनि छैन ।

तथ्यः ७० प्रतिशत बच्चा र ३० प्रतिशत वयस्कमा हेपाटाइटिसको सङ्क्रमणको प्रारम्भिक चरणमा जन्डिस हुन सक्दैन । ज्वरो, बान्ता, भोकमा कमी र सुस्ती जस्तो साधारण लक्षण प्रकट हुन सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here