प्रस, पर्सागढी, १२ माघ/

पर्सा जिल्लाको दुईवटा खोलाबाहेक अन्य खोलाको ठेक्का लागेको छैन तर नदीजन्य पदार्थको अनधिकृत दोहन जारी छ।

पटेर्वासुगौली र जीराभवानी गाउँपालिकामा पर्ने भलुवाही र पर्सागढी नगरपालिकाको कर्जनिया खोलाबाहेक अन्य खोलाको यस वर्ष ठेक्का लागेको छैन। तर ठेक्का नलागेका खोलाहरूबाट नदीजन्य पदार्थ बालुवा, ढुङ्गा, गिट्टीको अवैध उत्खनन भने जारी छ।

पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने पटेर्वासुगौली अन्तर्गतको वनशक्ति खोलाबाट सबैभन्दा बढी उत्खनन भइरहेको छ। उक्त क्ष्ँेत्रको निगरानी सेनाले गर्दै आएको छ।

यसैगरी पर्सागढी नगरपालिकाको सिंघाही, जीराभवानी गापाको सुकीभार, छिपहरमाई गापाको ओरिया, वीरगंज महानगर अन्तर्गतको भेडाहा खोला, पटेर्वासुगौली अन्तर्गत गादी खोला र सखुवापरसौनी तथा पटेर्वासुगौली अन्तर्गतको जमुनिया खोलामा बिहानदेखि बेलुकासम्म अवैध उत्खनन भइरहेको छ। यो क्षेत्रमा स्थानीय निकाय, वन कार्यालय र सशस्त्र तथा नेपाल प्रहरीको मिलेमतोमा नदीजन्य पदार्थको तस्करी भइरहेको पाइएको छ।

जिल्ला समन्वय समिति, पर्साका सभापति नेकमहम्मद मियाँले ठेक्का नलागेको खोलाको अवैध उत्खनन भइरहेको स्विकारे। उनले उक्त अवैध उत्खनन नियन्त्रणका लागि स्थानीय निकाय जागरूक हुनुपर्ने बताए। लाखौं–करोडौंको नदीजन्य पदार्थ अनधिकृत रूपमा तस्करहरूले उत्खनन गरिरहेको   भन्दै चिन्ता व्यक्त गरे।

वातावरणीय परीक्षण रिपोर्टको सिफारिश माग गरेका स्थानीय पालिकाहरूलाई जिल्ला समन्वय समितिले सिफारिश गरेको तर विभिन्न कारणले केही पालिकाहरूले खोलाहरूको ठेक्काको लागि वातावरणीय परीक्षण गर्न सिफारिश माग नभएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here