दुनियामा केवल जीवनको गुणस्तर होइन, बरु मृत्युको पनि गुणस्तरले महŒव राख्छ । हामी सबै आशा गर्दछौं कि एउटा राम्रो जिन्दगी बाँचेपछि हाम्रो सास पनि शान्तिका साथ जाओस् । तर जहाँ, उच्च आम्दानी भएको देशका निवासीका लागि यो सत्य हुन्छ भने कम आम्दानी देशका मान्छेको लागि यो एउटा सपनासरह हो । यस्तो किन हुन्छ, यसको जवाफ वैज्ञानिकहरूले हालै क्वालिटी अफ डेथ एन्ड डाइङ इन्डेक्स २०२१ को माध्यमबाट दिएका छन् ।

यो अध्ययन अमेरिकाको ड्युक युनिभर्सिटीका शोधकर्ताहरूले गरेका हुन् । यसमा दुनियाँभरिका ८१ देशको जिन्दगीको अन्तिम समयमा दिइने हेरचाहको आधारमा ए, बी, सी, डी, इ, एफ ग्रेड दिइएको छ । रिपोर्टमा केवल ६ वटा देशले मात्र ए ग्रेड पाएका छन् भने २१ देशले एफ ग्रेड पाएका छन् ।

यस सूचीमा युनाइटेड किङ्गडम पहिलो स्थानमा छ । यसको अलावा आयरल्यान्ड, ताइवान, कोस्टा रिका, दक्षिण कोरिया र अस्टे«लियाले पनि ए ग्रेड पाएका छन् । रिपोर्ट अनुसार यी देशका नागरिकले अन्तिम समय शारीरिक र मानसिक हेरचाह पाएका थिए ।

८१औं स्थानमा पाराग्वेलाई राखिएको छ । यहाँका मान्छे अन्तिम सास शान्तिले फेर्न पाउँदैनन् । बङ्गलादेश, लेबनान, हाइटी, सेनेगल, पोर्चुगल, दक्षिण अफ्रिका, अर्मेनिया, अर्जेन्टिना, नेपाल, सुडान, मलेशिया, इथियोपिया र इराकजस्ता देश पनि एफ ग्रेडमा राखिएका छन् ।

त्यस्तै सूचीमा भारत डी ग्रेडको साथ ५९ औं स्थानमा छ । भारतबाहेक चीन, रूस, ग्रीस, इन्डोनेशिया, चिली, जर्जिया, भियतनाम र मेक्सिकोले पनि डी ग्रेड पाएका छन् । अचम्मको कुरा अमेरिका सी ग्रेडको साथ ४३ औं स्थानमा छ । अमेरिकाको साथ कोलम्बिया, म्यान्मा, मेक्सिको, थाइल्यान्ड, इजिप्ट, घाना, इजरायल, युगान्डा, डेनमार्क र नाइजेरिया सी ग्रेडमा सामेल छन् ।

शोधकर्ता स्टीफन कोनर भन्छन् राम्रो ग्रेडमा उच्च आम्दानी देश सामेल हुनु कुनै संयोग होइन । यहाँका सरकार बाँकी देशको तुलनामा नागरिकको स्वास्थ्यमा बढी खर्च गर्छन् । जुन देशको ग्रेड राम्रो छैन, त्यहाँको सरकारले नागरिकको स्वास्थ्यमाथि बढी ध्यान दिनुपर्छ । यहाँ हाइ इनकम देशहरूको तुलनामा एक तिहाईभन्दा पनि कम स्वास्थ्य सुविधा उपलब्ध छ ।

कोनर र उनका साथी शोधकर्ता एरिक फिकेलस्टिन भन्छन्–यस शोधमा बढीजसो ए ग्रेड भएको देशको अर्थ व्यवस्था मजबुत छ तर पैसा नै सबैथोक होइन । उनले अमेरिकाको उदाहरण दिंदै भने कैयौंपटक पैसा भएर पनि जीवनको अन्तिम समयमा राम्रो हेरचाह पाउने ग्यारेन्टी हुँदैन ।

उनी भन्छन्–तपाईं जुन समाजमा बस्नुहुन्छ, त्यहाँ अन्तिम समयमा कस्तो हेरचाह गरिन्छ, त्यसले महŒव राख्छ । विकसित र विकासशील दुवै प्रकारको देशमा यो स्थिति राम्रो छैन । मान्छे आफ्नो अधिकांश पैसा जीवन जिउनमा खर्च गर्छन्, यसैले अन्तिम समय, आफूले रोजेको ठाउँ र उपचारको अभावमा बिताउन बाध्य हुन्छ्न् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here