जाडोमा अदुवाका साथै सुठोको प्रयोग गर्नुपर्छ । सुकेको अदुवालाई सुठो भनिन्छ । आयुर्वेदमा शुंथि भनिने सुठोले चीसो हावा र भाइरसबाट बचाउँछ । सुठोको विशेषता भनेको यो अदुवाको तुलनामा सजिलै पच्छ । सुठो फाइबर, मैग्निशियम, क्याल्सियम, सोडियम, आयरन, भिटामिन ए, सी, फोलेट एसिड, फैटी एसिड पाइन्छ ।
इम्युनिटी बढाउँछः जाडोमा मान्छे सजिलै रोगको चपेटमा पर्छन् । झन् त्यसमाथि कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको कारण आफ्नो इम्युनिटी शक्ति बलियो बनाउनुपर्छ । सुठोको पानीमा एन्टि इन्फ्लेमेटरी एन्टिबायोटिक इलिमेन्ट्स हुन्छ । यसले शरीरलाई रोगबाट
बचाउँछ ।
कफ कम गर्छः सुठो–पानीले जमेको कफ निखार्छ । ताजा अदुवाले कफ बढाउँछ । सुठो मौसमी फ्लु, चीसो, खोकी, माथिल्लो श्वसन पथको डिसअर्डरमा निकै राम्रो काम गर्छ ।
टाउको दुखाइ कमः चीसो बढेपछि टाउको दुख्ने समस्या हुन्छ । माइग्रेन छ भने सुठो–पानी सेवन गर्नुपर्छ । सुठोमा हुने एन्टिअक्सिडेन्ट फोलिक एसिडले टाउको दुखाइबाट मुक्ति दिन्छ । यसको अलावा सुठो–पानीले रक्त सञ्चार सही गर्छ । दिमागमा अक्सिजनको मात्रा पु¥याउँछ ।
सुन्निने कम गर्छः सुठोलाई नूनसँग सेवन गर्दा सुन्निएको अङ्गलाई आराम पुग्छ । चोटको कारण सुन्निएको छ भने सुठोमा नून मिलाएर सेवन गर्नुपर्छ ।