• विश्वराज अधिकारी

गएको सोमवार (२०७८ साल माघ ३) तत्कालीन प्रदेश नम्बर दुईको प्रदेश सभाले प्रदेशको नाम ‘मधेस प्रदेश’ र राजधानी जनकपुरधाम कायम गरिएको घोषण ग¥यो । प्रदेशसभामा २ नम्बर प्रदेशकोको नाम मधेस र यस प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोक्ने भनी राखिएको प्रस्ताव दुईतिहाई बहुमतले पारित भएको थियो । उपस्थित ९९ प्रदेशसभा सदस्यहरूमध्ये ८० सदस्यले उक्त प्रस्तावको पक्षमा र १९ सदस्यले विपक्षमा मतदान गरेका थिए । हाल मधेस प्रदेश नामकरण गरिएको प्रदेश सभाको सदस्य सङ्ख्या १०३ छ । समाचारहरूमा उल्लेख भए अनुसार बारा र पर्साका सबै राजनीतिक दलका सांसदहरूले यस प्रदेशको राजधानी जनकपुरधाम होइन, वीरगंज राख्ने प्रस्ताव गरेका थिए ।

प्रदेशसभाको उक्त घोषणासँगै प्रदेशले अब मधेस नामको कानूनी मान्यता पाएको छ । र जनकपुरधामले पनि राजधानीको रूपमा कानूनी परिचय पाएको छ । यो घोषणासँगै यो प्रदेशको नाम के राख्ने र यो प्रदेशको राजधानी कुन शहरलाई तोक्ने भन्ने विवादले बिट मारेको छ । सानो सानो राजनीतिक मुद्दामा अल्झेर आर्थिक विकासको मूल मुद्दा बिर्सिने हाम्रो प्रकृतिलाई थाती राखेर कुरा गर्ने हो भने अब प्रदेशको नाममा र प्रदेशको राजधानी राजनीतिक मुद्दा
हुनेछैन । खिंचातानी हुनेछैन् । आशा गरौं ।

मधेस प्रदेशको राजधानी जनकपुरधाम होइन वीरगंज होस् भनी चाहना राख्नेहरूको जमात पनि ठूलै थियो । प्रदेशसभाको यो निर्णयले त्यस्तो चाहना राख्ने त्यो जमातलाई निराश भने अवश्य पारेको छ । तर यहाँ विचारणीय पक्ष के छ भने वीरगंजलाई मधेस प्रदेशको राजधानी बनाउन खोज्नेहरूले वीरगंजलाई के कारणले राजधानी बनाउन खोजेका थिए, कारण प्रस्ट थिएन । वीरगंजलाई राजधानी बनाउन खोज्नुको पछाडि कुनै ठूलो आर्थिक योजना वा सोच थिएन । बरु भावनाका लहरहरू मात्र थिए । केही नेताहरूलाई राजनीतिक फाइदा र केही व्यक्तिलाई मनोवैज्ञानिक सन्तुष्टि प्राप्त हुने भएकोले वीरगंजलाई यस प्रदेशको राजधानी बनाउने अभियान उनीहरूले चलाएका थिए । र त्यो अभियानले चर्चा पाएको थियो ।

देश, प्रदेश वा राज्यको राजधानी कस्ता शहरलाई बनाउने गरिएको छ । विकसित वा धनी राष्ट्रहरूले आफ्नो देश वा प्रान्तको राजधानी तोक्दा के के कुरालाई आधार मान्ने गरेका छन् एक छिन त्यसतर्फ विचार गरौं । राजधानी तोक्ने परम्पराको विश्लेषण गरौं ।

देश वा प्रान्तको राजधानी कस्तो शहरलाई तोक्ने सन्दर्भमा अमेरिका, क्यानाडा र युरोपका विभिन्न देशको प्रचलन हेर्दा शहरलाई पहिलो, राजनीतिक शहर र दोस्रो औद्योगिक एवं व्यापारिक शहर भनेर छुट्याइएको देखिन्छ । राजनीतिक शहरहरूमा देश र प्रदेशको राजधानी हुन्छ । औद्योगिक एवं व्यापारिक शहरमा राजधानी राखिन्न । त्यस्ता शहरहरूमा औद्यौगिक एवं व्यापारिक विकासका लागि आवश्यक विभिन्न पूर्वाधार निर्माण गरिन्छ ।

राजनीतिक शहरहरू तुलनात्मक रूपमा जनसङ्ख्याको हिसाबले साना हुन्छन् । ती शहरहरूमध्ये कुनै शहरलाई देश वा प्रदेशको राजधानी तोकिन्छ । ठूलो शहरलाई व्यापारिक वा औद्यौगिक शहरको रूपमा विकास गरेर त्यसलाई देश वा प्रदेश राजधानी बनाउने गरिंदैन । क्यानाडाको सन्दर्भमा कुरा गर्ने हो भने टोरन्टो क्यानाडाको सबैभन्दा ठूलो (जनसङ्ख्याको हिसाबले) शहर हो तर टोरन्टोलाई क्यानाडाको राजधनी कायम नगरेर तुलनात्मकरूपमा सानो शहर ओटाबालाई राजधनी कायम गरिएको छ । यस्तै स्थिति अमेरिकामा पनि देखिन्छ ।

अमेरिकाको सबैभन्दा ठूलो शहर (जनसङ्ख्याको आधारमा) न्युयोर्क सिटी, लस एन्जेलस, शिकागो आदिलाई अमेरिकाको राजधानी न तोकेर तुलनात्मकरूपमा सानो शहर वाशिंगटन डिसीलाई तोकिएको छ । अमेरिका, युरोपको प्रचनल हेर्दा राजधानी शहरलाई राजनीतिक शहरको रूपमा विकास गरेर प्रशासनिक हिसाबले आवश्यक पर्ने अनेक पूर्वाधारको विकास गरिएको हुन्छ । ठूला–ठूला सभाभवन, आवासीय भवन, ठूला ठूला होटल आदि निर्माण गरिएको हुन्छ र त्यस्तो शहरको सुरक्षा व्यवस्था अति नै कडा पारिएको हुन्छ ।

व्यापारिक शहरहरूमा भने उद्योग एवं व्यवसाय सञ्चालन गर्न आवश्यक अनेक पूर्वाधार निर्माण गरिन्छ । ठूला–ठूला विमानस्थल, विशाल गोदामघर, ठूला–ठूला रेल्वेस्टेशन, गगनचुम्बी घरहरू आदि निर्माण गरिएको हुन्छ । व्यापार एवं उद्योग सञ्चालन गर्न व्यापारीहरूलाई आवश्यक पर्ने स्रोत र साधनहरू व्यापारिक शहरहरूमा उपलब्ध गराइएको हुन्छ ।

अब मधेस प्रदेशको राजधानी जनकपुरधाम तोकिएकोबारे चर्चा गरौं । वीरगंजलाई यस प्रदेशको राजधानी किन तोकिएन भन्नेबारे अनेक किसिमका मत मतान्तर हुन सक्छ । मत–मतान्तर हुनु पनि पर्छ । मत–मतान्तरले गर्दा वा ‘वादे वादे जायते तŒवबोध’ ले सही विचार उत्पन्न गर्न सकिन्छ ।

अब वीरगंजलाई यस प्रदेशको राजधानी न बनाएर मुलुककै आर्थिक राजधानी बनाउन किन उपयुक्त छ त्यसबारे छोटो चर्चा गरौं ।

वीरगंज शहरको स्थापना नै व्यापारिक शहरको रूपमा भएको हो । सोही अनुसार यहाँ अनेक पूर्वाधारको विकास भयो । काठमाडौंलाई नेपालका अन्य भागसँग जोड्ने पहिलो सडक–त्रिभुवन राजपथ, वीरगंजबाट नै विस्तार भएको थियो । र नेपाललाई भारतसँग जोड्ने पहिलो रेल सेवा पनि वीरगंजबाट नै विस्तार भएको थियो । कुनै पनि नेपालीले बाहिरी दुनियाँ हेर्नुप¥यो भने वीरगंज आएर, रक्सौल पुगी रेल चढ्नु पथ्र्यो, अनि उसले बाहिरी दुनियाँ देख्थ्यो । सलाई कारखाना, कटन मिल, मोजा कारखाना, चिनी मिल, कृषि औजार कारखाना, राइस मिलजस्ता अनेक उद्योगको स्थापना पचासौं वर्ष पहिले वीरगंजामा भइसकेको थियो ।

वीरगंजलाई आर्थिक राजधानी बनाउन आवश्यक पर्ने पूर्वाधारहरू पनि प्रशस्तै छन् । जस्तै विभिन्न वस्तुहरू भारत लगायत अन्य मुलुकमा निर्यात गर्न वीरगंजबाट नै सजिलो हुन्छ किनभने वीरगंजबाट भारतीय रेल सेवा (रक्सौल) ज्यादै नजीक छ । यसैगरी नेपालका ठूला बजारहरू जस्तै काठमाडौं, हेटौंडा, नारायणघाट, पोखरा, नेपालगंज वीरगंजबाट नजीक छन् । वीरगंजबाट ऊर्जा (पेट्रोलियम उत्पादन) प्राप्त गर्न सजिलो छ किनभने रक्सौल वीरगंजबाट नजीक छ । पेट्रोलियम पदार्थ ठूलो मात्रामा भारतबाट नेपाल आउँदा वीरगंज भएर नै आउँछ ।

उपरोक्त विभिन्न तथ्यहरूको आधारमा वीरगंजलाई प्रदेशको राजधानी होइन, देशकै आर्थिक राजधानी बनाउनु उपयुक्त हुन्छ । वीरगंजलाई मधेस प्रदेशको राजधानी बनाएमा यस शहरमा अनेक किसिमका राजनीतिक समस्याहरू थपिने सम्भावना बढेर जान्छ । वीरगंजमा नारा, जुलुस, बन्द, हडताल, चक्का जाम, ब्लेक आउटजस्ता समस्याहरू देखा पर्न सक्छ । तर व्यापारिक शहरमा यस्ता कुरा हुँदैन किनभने यस्ता कार्यले व्यापारिक कार्यहरू अवरुद्ध हुन पुग्छन् । त्यस कारण व्यापारिक शहरहरू शान्त र स्थिर रहनु उपयुक्त हुन्छ । वीरगंज प्रदेशको राजधानी नहुनुले यो शहरलाई शान्त रहेर व्यापारिक गतिविधि बढाउन सजिलो हुन्छ ।

वीरगंजको विकास व्यापारिक शहरको रूपमा भएको हो । र त्यो इतिहास अहिले पनि सुरक्षित छ । यस शहरलाई व्यापारिक शहरको रूपमा विकास गर्न केडिया, खेतान, लाठ, रूँगटा, सरावगी, चाचान, अग्रवालजस्ता परिवारले ठूलो योगदान पु¥याएका छन् । त्यसैगरी यो शहरलाई व्यापारिक शहर बनाउन पञ्जाबी समुदायको पनि ठूलो योगदान छ । हिमाञ्चल केबिन, अमृत केबिन, सुन्दर स्टोर आदिका सञ्चालकहरूको पनि ठूलो योगदान छ । यसैगरी अन्य परिवारहरू (जस्तै ठाकुर राम कलेज स्थापना गर्ने परिवार) को पनि ठूलो योगदान छ ।

वीरगंज उच्च राजनीतिक चेतना भएको तर कारोबारी शहर हो । बेला बखत राजनीतिक चासो राखे तापनि वीरगंज बढी व्यापारमा केन्द्रित रहँदै आएको छ । वीरगंजलाई भारतको गुजरात राज्यसँग तुलना गर्न सकिन्छ । गुजरातीहरू बढी कारोबारी भएझैं वीरगंजवासी पनि कारोबार केन्द्रित छन् ।

वीरगंजलाई अब उच्च प्राथमिकताका साथ एउटा ठूलो व्यापारिक शहरको रूपमा विकास गर्नेपट्टि लाग्न आवश्यक छ । जनप्रतिनिधि, राजनीतिक दलका नेता एवं कार्यकर्ता, व्यवसायीहरू, सामाजिक अभियन्ता, बुद्धिजीवीलगायत अन्य सबैले वीरगंलाई ठूलो व्यापारिक शहर बनाउने अभियानको थालनी गर्नुपर्छ । वीरगंजलाई एउटा ठूलो व्यापारिक शहरको रूपमा विकास गरेमा यस क्षेत्रका मानिसले रोजगारका लागि अबरको तातो मरुभूमिका जानुपर्दैन । यो शहरमा रोजगारका अनेक अवसर सृजना गर्ने क्षमता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here