अहिलेसम्म इन्डोनेशियाको राजधानी जकार्ता पढ्दै आएका थियौं तर चाँडै यस देशको राजधानी बदलिंदैछ । नयाँ राजधानी बोर्नियो द्वीपको इन्डोनेशिया भागमा स्थित पूर्वी कालीमन्तनमा हुनेछ र यसको नाम नुसन्तारा हुन्छ । यो क्षेत्र जङ्गलले घेरिएको छ ।

सिएनएको रिपोर्ट अनुसार संसद्ले राजधानी परिवर्तन गर्ने प्रस्तावलाई मङ्गलवार स्वीकृति दिएको छ र चाँडै यसमाथि काम शुरू हुनेछ । जकार्तामा बढ्दो ट्राफिकको बोझ, स्थानको कमी, भूकम्प, बाढी र आगलागी जस्ता प्राकृतिक विपद्को जोखिमलाई हेर्दै सरकारले यो निर्णय गरेको हो । नेशनल डेभलपमेन्ट प्लानिङ मिनिस्टर सुहार्सो मोनोआर्फाले भने राजधानीलाई कालीमन्तनमा स्थानान्तरण गर्नु थुप्रै चिन्ता र क्षेत्रीय लाभमाथि आधारित छ ।

राष्ट्रपति जोको विडोडोले सन् २०१९ मा राजधानी स्थानान्तरण गर्ने घोषणा गरेका थिए, उनले भनेका थिए– जकार्ताको पर्यावरणीय र आर्थिक स्थिरतालाई ध्यानमा राख्दै राजधानीलाई कालीमन्तन लैजान्छौं । जकार्ता समुद्रको नजीक छ र यो बाढीमा डुब्ने खतरा सदैव रहेको छ । यतिमात्र होइन, वल्र्ड इकोनोमिक फोरम अनुसार यो संसारकै सबैभन्दा चाँडै डुब्ने शहर पनि बनेको छ ।

जकार्ताको जनसङ्ख्या लगातार बढ्दै गइरहेको छ, जसले गर्दा प्राकृतिक संसाधनको बोझ बढिरहेको छ । यो शहरमा करीब १० मिलियन व्यक्तिको घर छ र यसको सङ्ख्या वृद्धि भइरहेको छ । राष्ट्रिय योजना र विकास एजेन्सीको तथ्याङ्क अनुसार नयाँ राजधानीको लागि कुल भूमि क्षेत्र लगभग २५६,१४३ हेक्टर छ । यो योजना सन् २०२४ मा पूरा हुने आशा गरिएको छ र यसमा ३२ बिलियन डलरभन्दा बढी खर्च हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here