महिलाहरूलाई हरेक महीना हुने महीनावारी प्राकृतिक प्रक्रिया हो । युवतीहरूको लागि झन् महीनावारी निकै पीडादायी हुन्छ । आजभोलि महीनावारीबाट हुने कष्ट बिर्सिन महिलाहरूले पनि रक्सीसेवन गर्न थालेका छन्, जसले स्वास्थ्यमा निकै असर गर्छ । मासिक धर्ममा रक्सीसेवन गर्दा महीनावारी, हार्मोन र मानसिक अवस्थामाथि निकै असर पार्छ ।

पेटमा ऐंठनः महीनावारीको क्रममा रक्सीसेवन गर्दा शरीर डिहाइडे«टेड हुन्छ, जसले तपाईंलाई ऐंठन हुन सक्छ । ऐंठनको कारण शारीरिक समस्या झेल्नुपर्छ । व्यवहार बिग्रिन्छः महीनावारीको समयमा रक्सीसेवन गर्दा महीनावारीको लक्षणमाथि नराम्रो असर पार्छ । थकान, आलस्य हुन्छ र मूड बिग्रिन्छ । रक्सीसेवनले हार्मोनहरूलाई पनि बदलिदिन्छ ।

मैग्निशियमको स्तरमाथि असरः यस्तो समयमा रक्सीसेवन गर्दा शरीरमा खनिजको स्तरमाथि असर गर्छ, जसले गर्दा मैग्निशियमको स्तर खस्किन्छ र यदि गलतीले मैग्निशियमको स्तर कम भयो भने शरीरमा चिनी कम हुन्छ, जसले गर्दा शरीरमा रोग उत्पन्न हुन्छ ।

हार्मोनमा गडबडीः महीनावारीको समयमा रक्सीसेवन गर्दा हार्मोनको स्तरमा असर पर्छ । शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन केही समयको लागि बढ्न सक्छ, जसले गर्दा मासिक धर्मचक्र प्रभावित हुन्छ । अर्थात् रक्सीसेवनबाट तपाईंको महीनावारी अनियमित हुन थाल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here