वैज्ञानिकका अनुसार कोरोनाको बढ्दो मामिला रोक्न लालीगुराँस सञ्जीवनी बूटीभन्दा कम
छैन । यसको फूलमा पाइने फायटोकेमिकलको प्रयोगबाट कोरोना भाइरसको उपचार गर्न सकिन्छ । नेपाल, भारत, थाइल्यान्ड, चीन, पाकिस्तान र श्रीलङ्कामा पाइने यो फूलमा पाइने केमिकलले हरेक प्रकारका सङ्क्रमणलाई मात दिन्छ । यो रातो फूल औषधीय गुणले भरिपूर्ण
छ ।
यस फूलबाट शरबत, जाम, स्क्वाश र रक्सी पनि बनाइन्छ । यसमा पाइने एन्टिअक्सिडेन्ट तŒव हृदयरोगीको लागि निकै फाइदाजनक हुन्छ । फूलको पातको प्रयोगबाट सर्दी, टाउको दुखाइ, ज्वरो र मांसपेशी दुखाइमा आराम पु¥याउँछ । भारतमा चाँडै नै यस फूलबाट कोरोनाको औषधि बनाउने तयारी भइरहेको छ । यस फूलमा पाइने एन्टिभाइरल कोरोनासँग लड्न सक्षम छ । लगातार टाउको दुख्दा लालीगुराँसको पातलाई पिसेर टाउकोमा लगाउँदा अथवा पातको धूलोलाई सुँघ्दा टाउको दुखाइ निको हुन्छ ।
लालीगुराँस डाइयुरेटिक औषधि मानिन्छ । यसले मिर्गौलारोगीलाई राम्ररी पिसाब लगाउँछ भने कलेजो रोगमा पनि निकै फाइदा पु¥याउँछ । गुराँसको बोटको बोक्राले कलेजोलाई स्वस्थ राख्छ। साससम्बन्धी रोगमा यसको सुक्खा पातलाई उपयोग गर्नुपर्छ । यसको पातलाई तम्बाकुसँग मिलाएर यसको धूवाँ पिउँदा श्वसन रोगमा लाभ पुग्छ ।
एक अनुसन्धान अनुसार गुराँसमा पाइने एन्टिहिपेरग्लिसेमिक नामक गुणले रक्तमा रहेको चिनीको मात्रालाई नियन्त्रित गर्छ । यो मधुमेहका रोगीको लागि निकै लाभदायक हुन्छ । शरीर जलन हुँदा गुराँसको शरबत पिउँदा जलन शान्त हुन्छ । लालीगुराँसमा आइरन, क्याल्सियम, जिंक, कपर आदि पोषक तŒव हुन्छन् । यसमा पाइने एन्टिमाइक्रोबियल गुणले शरीरलाई स्वस्थ राख्ने, कमजोरी भगाउने कार्य गर्छ ।