कोभिड–१९ को कहर अहिले देशभरि पुनः फैलिएको छ । हजारौं व्यक्ति हरेक दिन यस भाइरसको चपेटमा पर्दैछन् । तसर्थ मास्क नै एकमात्र बचाउको माध्यम हो । नोर्थवेस्टर्न युनिभर्सिटीका इन्जिनीयरहरूले एउटा नयाँ स्मार्ट सेन्सरसहितको मास्क विकसित गरेका छन्। यस मास्कको नाम फेसबिट हो ।
मास्कमा लगाइएको सेन्सर निकै हलुको छ । फेसबिटमा चुम्बक लगाइएको छ, जसलाई कुनै पनि एन–९५ मास्क, कपडा वा सर्जिकल मास्कमा जोड्न सकिन्छ । यो मास्कले वास्तविक समयको श्वसन दर, हृदय गति र मास्क लगाउने समयलाई दर्शाउँछ । साथै यो स्पेशल मास्क फिटिङलाई मापन गर्न पनि सक्षम छ । यस मास्कले सबै जानकारी स्मार्टफोनमा रहेको एपमा पठाउँछ । यस मास्कले स्मार्ट वाचसरह काम गर्छ । रियल टाइम स्वास्थ्य निगरानीको लागि एउटा डैशबोर्ड हुन्छ । यदि तपाईंको स्वास्थ्यमा कुनै समस्या छ अथवा मास्क सही ढङ्गले लगाउनुभएको छैन भने यसले तुरुन्तै प्रयोगकर्तालाई सतर्क हुन जानकारी दिन्छ ।
फेसबिटमा एउटा सानो ब्याट्री पनि छ । यसलाई अलगरूपले बनाइएको छ । यो मास्कले सूर्यको ऊर्जाको साथसाथै उपयोगकर्ताको श्वासको बल आदि सम्झाउँछ । यो मास्क स्वास्थ्यकर्मीहरूको लागि डिजाइन गरिएको हो । यो मास्कलाई दुई सातासम्म लगाउन सकिन्छ । यसको ब्याट्री चार्ज भएपछि एघार दिनसम्म चल्छ । स्वास्थ्यकर्मीहरूले १०–१२ घण्टासम्म लगातार मास्क लगाएपछि अनुहार सुन्निन्छ, त्यति बेला यसले फोनको माध्यमबाट सेन्सरले तुरुन्त चेतावनी पठाउँछ ।