शुद्ध घ्यूसँगै कालो मरिच मिसाएर खाँदा स्वास्थ्यमा निकै फाइदा पुग्छ । जोर्नी दुखाइ, मधुमेह नियन्त्रण, हाड मजबूत, शरीर सुन्निने, मुटु र कलेजो रोगमा घ्यू र मरिचले निकै फाइदा पु¥याउँछ ।

मरिच र घ्यू सेवन गर्दा हाम्रो शरीरको डिएनए सुरक्षित रहन्छ । आजभोलि औषधिको बढी सेवन, गलत खानपान र प्रदूषणका कारण डिएनएमा निकै क्षति भइरहेको छ । तसर्थ डिएनए सुरक्षामा घ्यू र मरिचले मदत गर्छ ।

यसले स्मरण शक्ति बढाउनुका साथै मानसिक विकारको खतरा पनि कम गर्छ । घ्यू र कालो मरिच सेवन गर्दा मस्तिष्कको तन्त्रिका मजबूत हुन्छ, सोचविचार गर्ने क्षमता बढ्छ । घ्यू र मरिचको काढा बनाएर सेवन गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here