संसारमा दुई देशबीच सीमामा तारबार लगाएको देखेका छौं । युरोपेली देशहरूमा यस प्रकारको तारबार लगाइएको हुँदैन । पश्चिमी युरोपमा निकै कम तारबार लगाइएको हुन्छ । तर पूर्वी युरोपमा पोल्यान्ड, युक्रेनजस्ता मुलुकको सीमामा तारबार लगाइएको देखिन्छ । एशियाको लगभग हरेक देशको सीमामा तारबार देख्न सकिन्छ । भारत–पाकिस्तान, भारत–चीनको सीमामा काँडेदार तारबार लगाइएको छ ।
दुई देशबीच अवैधरूपमा मान्छे प्रवेश नहुन्, नशालु पदार्थ, हतियार, अवैध सामग्रीको तस्करी रोक्न तारबार लगाइएको हुन्छ । सीमामा तारबारका साथै सैनिक पनि तैनाथ गरिएका हुन्छन् ।
संसारमा सबैभन्दा लामो सीमा जहाँ अवैध घुसपैठ रोक्न नभई, जनावरलाई प्रवेशबाट रोक्न सबैभन्दा ठूलो तारबार लगाइएको छ । अस्टे«लियाको दक्षिण–पूर्व भागमा बस्ने बासिन्दा सन् १८६० देखि १८७० बीच खरायोको बढ्दो जनसङ्ख्याका कारण निकै समस्यामा थिए ।
यसको अलावा अन्य जनावरले पनि त्यहाँका बासिन्दालाई निकै दुःख दिन्थे । जनावरले किसानको अन्नपात खान्थे । यसबाट दिक्क भई उनीहरूले खरायोरोधी सीमा बनाए । यो काम सन् १८८० मा शुरू भएको थियो र पाँच वर्षमा सीमा बनेर तयार भयो । तर सीमाले पनि खरायोलाई रोक्न सकेन । त्यस सीमाले मार्सुपियल्स (कङ्गारूजस्तो जनावर)लाई मात्र बाहिर राख्न सफल थियो ।
त्यस भेगमा स्थानीयले भेंडा पाल्ने गर्दथे । तर ती भेंडालाई डिंगो नामक एउटा जनावरले खाने गर्दथ्यो । डिंगो अस्टे«लियामा पाइने एक प्रकारको जङ्गली कुकुर हो । भेडापालन फार्ममा डिंगोलाई रोक्न सीमाको आवश्यकता महसूस भयो । त्यसपछि सरकारले वर्तमानमा मौजुद तारबारलाई विस्तार ग¥यो र यसको उचाइ पनि बढायो । २०औं शताब्दीमा सरकारले यो सीमाको मरम्मत गर्न शुरू ग¥यो र यसको विस्तार गर्न थाल्यो ।
सन् १९३० मा क्विन्सल्यान्डमा मात्रै ३२ हजार किलोमिटर लामो जालको प्रयोग गरियो, जसको काम डिंगोलाई रोक्नु थियो । सरकारले सन् १९४८ सम्म डिंगो रोक्न दुनियाँकै सबैभन्दा लामो तारबार भएको सीमा तयार ग¥यो । यो तारबार २ मिटर (६ फिट) अग्लो छ र भुइँ खनेर तारबार पार गर्नबाट रोक्नको लागि जमीनको ३० सेन्टिमिटर भित्रसम्म राखिएको थियो । १९८० सम्म यो तारबार ८६१४ किलोमिटर लामो थियो तर त्यसपछि यसलाई ५६१४ किलोमिटरमा खुम्च्याइयो । यो सीमा क्विन्सल्यान्डको डल्बीनजीकै डार्लिङ डाउन्समा जिम्बोरबाट नुन्ड्रू नजीकै ग्रेट अस्टे«लियन बाइट (अस्टे«लियाको पश्चिमस्थित एउटा स्थान)सम्म फैलिएको छ ।
यस बारको उत्तरी–पश्चिमी भागमा कङ्गारूको सङ्ख्या कम छ, किनभने यहाँ डिंगो रहन्छन् । डिंगोको उपस्थितिको परिणाम कङ्गारूको आबादीमा कमी आयो । तारबारभित्र कङ्गारूको एउटा ठूलो आबादी मौजुद छ जुन डिंगोले शिकार गर्न नसकेको कारणले बढेको हो । डिंगोको अनुपस्थितिले इमु, कङ्गारू, खरायो र भेंडाबीच चरन क्षेत्रमा प्रतिस्पर्धा बढेको छ । यहाँ जनावरको शिकार गर्ने कोही छैन, यस्तोमा यहाँ घाँस कम देखिन्छ । त्यस्तै जहाँ डिंगोको उपस्थिति छ त्यहाँ घाँस बढी छ । यस कारण इको सिस्टममा परिवर्तन पनि देख्न पाइएको छ ।