ओमिक्रोनको बढ्दो मामिलाबीच एउटा रोचक तथ्य अनुसन्धानमा देखिएको छ । इङ्गल्यान्डको ब्रिस्टल युनिभर्सिटीका वैज्ञानिकका अनुसार हावाको सम्पर्कमा आउँदा २० मिनेटमैं कोरोना भाइरस ९० प्रतिशतसम्म कमजोर हुन्छ । साथै शुरूआतको ५ सेकेन्डमा नै भाइरसले आफ्नो आधा शक्ति गुमाउँछ । अनुसन्धानकर्ताका अनुसार यसको कारण हावामा नमी र कार्बन डाइअक्साइटको कमीलाई बताएका छन् ।

कोभिड–१९ को रोग हावाको माध्यमबाट फैलिन्छ । वैज्ञानिकका अनुसार हावा तरल हुन्छ । यसमा विभिन्न प्रकारको कण हुन्छ जुन समयको साथै वातावरणमा फैलिन्छ । कोरोना भाइरस पनि यस हावाको साथ पैmलिन सक्षम हुन्छ । जब कोही सङ्क्रमित व्यक्ति हाच्छयूँ गर्छ वा खोक्छ, उसको नजीक हुनेले त्यसै हावामा सास फेरिरहेको हुन्छ र त्यति बेला भाइरस शरीरभित्र प्रवेश गर्छ ।

अनुसन्धानकर्ताका अनुसार हावाले भाइरसको कणलाई सुकाइदिन्छ । साथै हावामा कार्बन डाइअक्साइडको कमी भएको कारण भाइरसको पिएच लेभल बढ्छ । यी दुवै वस्तुको कारण भाइरसले केही मिनेटमैं सङ्क्रमण पैmलाउने क्षमता गुमाउँछ ।

कोरोना भाइरस नमी र कार्बन डाइअक्साइडको बढी मात्रा भएको वातावरणमा बढी समयसम्म जीवित रहन्छ । यी दुवै वस्तु हाम्रो फोक्सोबाट उसले पाउँछ त्यसैले कोरोनाले सजिलै हाम्रो शरीर छाड्न मान्दैन । अनुसन्धान अनुसार कार्यालयजस्तो स्थान जहाँ वातावरणमा नमी ५० प्रतिशतभन्दा कम हुन्छ, त्यहाँ भाइरसले केवल ५ सेकेन्डमैं आफ्नो सङ्क्रमण पैmलाउने ५० प्रतिशत क्षमता गुमाउँछ । यद्यपि स्टिम रूम वा शावर रूममा नमी भएको कारण कोरोना भाइरस बढी समयसम्म बाँच्छ । तसर्थ मास्क र सामाजिक दूरी पालना गरेर हामीले कोरोना सङ्क्रमणलाई रोक्न सक्छौं ।

द गार्जियनको रिपोर्ट अनुसार वैज्ञानिक जोनाथन रिड भन्छन्– यस समय सबैले हावादार स्थान र भेन्टिलेशनमाथि ध्यान दिइरहेका छन् । सङ्क्रमणको खतरा सबैभन्दा बढी सङ्क्रमित व्यक्तिको नजीक बसेर हुन्छ तसर्थ सामाजिक दूरी र मास्क लगाउन कहिल्यै बिर्सिनुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here