समय अभावमा केही व्यक्ति औषधिको ट्याबलेट वा क्याप्सुल विनापानी निल्ने गर्छन् । यसले शरीरलाई कति नोक्सान पु¥याउँछ यसबारे धेरैलाई जानकारी छैन । एउटा शोध अनुसार पानीविना औषधि सेवन गर्दा थुप्रै गम्भीर रोग हुन सक्छ ।

जब कोही व्यक्ति पानीविना औषधि सेवन गर्छ, उसको आहार नलीमा क्षति पुग्न सक्छ । आहार नली हाम्रो मुख–पेटसँग जोडिएको हुन्छ । पानीविना औषधि सेवन गर्दा औषधि आहार नलीमा टाँसिन सक्छ । जसले गर्दा व्यक्तिलाई इन्फेक्सन वा जलन महसूस हुन्छ । यो समस्या पछि गएर छातीमा जलन र दुखाइमा परिणत हुन्छ । ट्याबलेटको आकारले यो तय गर्छ कि तपाईंलाई कति समस्या हुन सक्छ । यतिमात्र होइन, यसका कारणले शरीरको भित्री भागमा ब्लिडिङ पनि हुन सक्छ ।

पानीविना औषधि सेवन गर्दा अल्सर पनि हुन सक्छ । भिटामिन सी ट्याबलेट सजिलै चपाउन सकिन्छ तर पनि यसलाई पानीसँगै सेवन गर्नुपर्छ । औषधि सेवन गर्ने समयमा कमसेकम एक गिलास पानी अवश्य पिउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here