आजभोलिको दिनचर्यामा यति धेरै बदलाव भएको छ कि युवाहरू साँझको खाना आधा रातमा खाने गर्छन् । आधा रात खानेकुरा खाँदा धेरै रोगहरू उत्पन्न हुन्छ ।
अबेर राति भोजन गर्दा यसको सीधा असर पाचन शक्तिमा पर्छ । पेट सफा नहुने, बवासिर, कब्ज एवं कोलोन र आन्द्राको रोग हुन सक्छ । भोजन सही ढङ्गले नपचेपछि कोलेस्ट्रोलको रूपमा जम्मा हुन्छ । यही मोटोपनको सबैभन्दा ठूलो कारण हो । अबेर राति भोजन गर्दा पेट र छातीमा जलन, एसिडिटी हुन सक्छ जसको असर मुटु र रक्तचापमाथि पर्छ । यसैले अबेर राति भोजन गर्नुहुँदैन ।
हामीले खाना खाएको दुई घण्टापछि मात्र सुत्नुपर्छ । यसबीच थोरै घुम्नुपर्छ । अबेर राति सुत्ने बानीले उच्च रक्तचापको समस्या हुन सक्छ । अबेर राति भोजन गर्दा पर्याप्त निद्रा लाग्दैन, यसको कारण मानसिक स्वास्थ्यमाथि असर पर्छ । दिमागले पर्याप्त आराम नपाएपछि चिडचिडापन र रिस पैदा हुन्छ ।