मांसपेशी बाउँडिनु साधारण कुरा हो तर कहिलेकाहीं यसले निकै पीडा हुन्छ जसलाई सहन सकिंदैन । बाउँडिने कम नभएपछि हामी पेनकिलरको सहारा लिन्छौं । प्रायःजसो खुट्टाको मांसपेशी बाउँडिन्छ । त्यतिबेला आफ्नो शारीरिक गतिविधिलाई निगरानी गर्दै समय–समयमा पानी पिउनुपर्छ । केही हल्काफुल्का खानेकुरा पनि खानुपर्छ । यसबाट शरीरमा पानी र खनिज तŒवको कमी हुँदैन । स्टे«चिङ कसरत पनि गर्नुपर्छ ।

बाउँडिनु सामान्यतया कुनै गम्भीर समस्या होइन तर यसबाट हुने पीडाले मान्छेलाई व्यथित गर्छ । हलुका मसाज वा थोरै स्टे«चिङ कसरत गरेर राहत पाउन सकिन्छ । पीडा कम गर्न प्रभावित अङ्गमा बरफ लगाउन सकिन्छ । यदि समस्याले गम्भीर रूप लिएको छ भने चिकित्सकलाई अवश्य देखाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here