जाडोमा तापमान घटेपछि मातापिता सन्तानको स्वास्थ्यप्रति चिन्तित हुन्छन् । चीसोको मौसममा बच्चाको शरीरमा धेरै समस्या हुन सक्छ जस्तै बच्चाको हातखुट्टा सामान्यभन्दा बढी चीसो हुनु । जाडोमा शरीर चीसो हुनु साधारण समस्या लाग्न सक्छ तर शिशुको मातापिताले यसलाई ज्वरो वा जन्डिससँग जोडेर हेर्छन् । गूगल सर्च इन्जिनमा अहिले सबैभन्दा बढी सोधिने प्रश्नहरूमध्ये यो पनि हो– बच्चाको हातखुट्टा किन चीसो हुन्छ ?

लखनउको डफरिन अस्पतालका वरिष्ठ बालरोग विशेष डा सलमान खानले यसबारे बताएका छन्। ससाना बच्चाको हातखुट्टा प्रायः चीसोको मौसममा बढी नै चीसो हुन्छ । यसको पछाडिको कारण बच्चाको सर्कुलेशन सिस्टमले बाहिरी वातावरणको आदत बनाइरहेको हुन्छ, जसको कारण शरीरको गर्माहट कम हुन्छ, जसबाट बच्चाको हातखुट्टा चीसो हुन्छ । बच्चालाई न्यानो पारेर नराख्दा पनि यस्तो समस्या हुन्छ । हातखुट्टामा रक्त सञ्चारको कारण पनि यो समस्या हुन्छ । रक्त सञ्चार हात र खुट्टामा पुग्दापुग्दै कम हुन थाल्छ, जसले गर्दा उनीहरूको हातखुट्टा अन्य अङ्गभन्दा बढी चीसो लाग्छ । यस प्रक्रियाबाट डराउनु पर्दैन, तापमान घट्ने बित्तिकै केही सजिलो उपाय अपनाउनुपर्छ ।

जाडो मौसममा यो एउटा सामान्य प्रक्रिया हो, जुन बच्चादेखि बूढासम्ममा हुन्छ । यस्तो भएपछि न्यानो कपडा लगाउने, आगो ताप्ने आदि गर्नुपर्छ । यदि ससाना बालक चीसोको कारण रोइरहेका छन् भने त्यति बेला बालरोग विशेषज्ञसँग भेटेर यस समस्याको हल खोज्नुपर्छ। साथै निम्न उपाय अपनाउन सकिन्छः

बच्चाको हातखुट्टाको मालिश गर्ने । मालिशबाट खुट्टा र औंलामा रक्त सञ्चार बढ्छ र आक्सिजन पनि सही ढङ्गले अङ्गमा पुग्छ । जसले गर्दा उनीहरूको हातखुट्टा तातो हुन्छ । सरसोको तेललाई मनतातो गरेर हलुका हातले मालिश गर्नुपर्छ । सातामा दुई तीनपटक मालिश गर्न सकिन्छ ।

चीसो मौसममा बालबालिकाको हातखुट्टामा पञ्जा, मोजा लगाएर राख्नुपर्छ । शरीरमा चीसो हावा नपसोस् त्यसको लागि बाक्लो तर ज्यादै ग¥हुँगो कपडा लगाउनु हुँदैन । ६ महीनाभन्दा बढी उमेरका बच्चालाई पर्याप्त मात्रामा पानी पिलाउनुपर्छ भने ६ महीनाभन्दा कम उमेरका बालबालिकालाई स्तनपान गराइरहनुपर्छ । जन्मेपछि बच्चाको पहिलो जाडो मौसम हो भने उसको नजीक थर्मामिटर राखेर शरीरको तापमान चेकजाँच गर्नुपर्छ । शरीरको तापमान सामान्यभन्दा बढी र कम भयो भने चिकित्सकसँग सल्लाह लिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here