चीसो मौसममा कान ढाकेर शरीरलाई न्यानो राख्न सकिन्छ। शरीरलाई न्यानो राख्न बाक्लो टोपी लगाउनुपर्छ। बाक्लो टोपी लगाउँदा यसले टाउको र कान ढाक्छ र चीसोको मौसममा फ्रोस्टबाइट, हाइपोथर्मिया आदि समस्याबाट बचाउँछ। जाडो मौसममा तापमान अचानक परिवर्तन हुँदा र चीसो स्याँठ चल्दा ज्वरो लाग्न सक्छ, तसर्थ टोपी लगाउनुपर्छ, यसले ज्वरोबाट बचाउँछ।

कान ढाकेर रेडिएशनबाट जोगिन सकिन्छः रेडिएशनको कारण पनि शरीरले ताप गुमाउँछ। निकै चीसो वातावरण भएपछि यस्तो हुन्छ। यदि चीसो मौसममा न्यानो टोपी लगाउँछौं भने शरीरको ताप जोगिइन्छ। सवारी साधन चलाउँदा हेलमेटभित्र न्यानो टोली लगाउन नबिर्सिनुहोला।

न्यानो टोपीले शरीरलाई चीसो हुनबाट जोगाउँछ। शरीरको गर्मी कान र घाँटीको माध्यमबाट बाहिर निस्कन्छ। यदि कान र घाँटी ढाकेर राख्नुहुन्छ भने शरीर गरम रहन्छ। लामो समयसम्म छाला चीसो वातावरणमा रहँदा ज्वरो पनि लाग्न सक्छ। 

हाइपोथर्मियाबाट जोगाउँछः हामी हाइपोथर्मियाको शिकार त्यतिबेला हुन्छौं जब शरीरले निकै चाँडै गर्मी गुमाउँछ र शरीर चीसो हुन्छ। न्यानो टोपीले हाइपोथर्मियाबाट जोगाउनुका साथै शरीरमा गर्मी बनाउन हावा लाग्ने बाटो पनि बन्द गरिदिन्छ। हाइपोथर्मियाको लक्षण भनेको भ्रमित हुने, बोली लटपटिने, कम्पन आदि हो। 

फ्रोस्टबाइटबाट जोगाउँछः फ्रोस्टबाइट भनेको हाम्रो शरीरको त्वचा बढी समयसम्म चीसो वातावरणमा भएपछि माथिल्लो त्वचा र भित्री कोष जम्छ, जसले गर्दा हात, औंंला, कान, खुट्टा, नाक वा गालामा घाउ हुन सक्छ। चीसो मौसममा कानलाई गरम टोपीले ढाकेर राख्दा फ्रोस्टबाइटको समस्या हुँदैन किनभने हाम्रो कान सबैभन्दा पहिले फ्रोस्टबाइटको शिकार हुन्छ।  यसको साथै त्वचालाई मोइश्चराइज राख्नुपर्छ।

ज्वरोबाट जोगाउँछः ठण्ढीको दिनमा न्यानो टोपी लगाएर ज्वरोबाट जोगिन सकिन्छ। यतिबेला शरीरको तापमान अचानक परिवर्तन हुँदा ज्वरो, रुघाखोकी आदि हुन सक्छ र टोपीले यी रोग लाग्नुभन्दा पहिले नै बचाउँछ। टोपीलाई हरेक साता धोएर सफा गरेर प्रयोग गर्नुपर्छ। 

– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here