आजभोलि खराब दिनचर्याको कारण कलेजोको रोग साधारण भइसकेको छ । पहिलेको समयमा हेपाटाइटिस बी र सीको कारणले प्रायः कलेजो रोगको समस्या हुन्थ्यो तर आजभोलि खराब खानपानको कारण मोटोपन बढ्दैछ, जसले गर्दा फैटी लिभरको समस्या हुने गरेको छ । कलेजोको रोगको कारण रक्सीसेवन पनि हो । यद्यपि कलेजोको रोगबाट जोगिन घरेलु उपचार पनि छ ।

बेसारः शरीरका थुप्रै रोगलाई हटाउन बेसार निकै सहयोगी हुन्छ । हरेक राति सुत्ने समयमा बेसार मिसाएको दूध पिउँदा कलेजोको रोगबाट मुक्त हुन सकिन्छ ।

घ्यूकुमारीः घ्यूकुमारी हाइडे«टिङ गुणले भरिपूर्ण हुन्छ । यसको जुस पिउँदा शरीरबाट टक्सिन बाहिर निस्किन्छ र कलेजोलाई रोगमुक्त गर्न सहयोगी हुन्छ ।

अमलाः अमला शरीरको लागि निकै फाइदाजनक हुन्छ । यसले कलेजोलाई सक्रिय बनाउनुका साथै कार्यप्रणालीलाई पनि दुरुस्त गर्छ । अमलाको धूलो वा काढा सेवन गर्न सकिन्छ ।

लसुनः भनिन्छ, लसुनले कलेजोको एन्जाइमलाई सक्रिय बनाउँछ । यसको साथै शरीरबाट विषाक्त पदार्थ पनि बाहिर निकाल्छ । लसुनको सेवनबाट कलेजोलाई रोगमुक्त गर्न सकिन्छ ।

पानीः पानीले हरेक समस्यालाई समाधान गर्न सक्छ । कलेजोको रोगबाट ग्रसित रोगीले बढी पानी सेवन गर्नुपर्छ । फैटी लिभर हुनेहरूले एक दिनमा अढाईदेखि तीन लिटर पानी पिउनुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here